site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
संयोगबाट उद्घाटित सत्य
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
केही समयअघि पाकिस्तानमा हुने सार्क शिखर सम्मेलनमा भारतले भाग नलिने घोषणा गर्यो र यसलाई समर्थन गर्दै भुटान, माल्दिभ्स र बंगलादेशले पनि वक्तव्य निकाले । नेपालले अध्यक्षता गरिरहेको बखत यस्तो वक्तव्य यी देशहरूले नेपालसँग छलफल गरेर वा जानकारी दिएर गरेका हुन् वा त्यसै पठाएका हुन्, थाहा भएन । तर, यो नेपालको हकमा गम्भीर विषय हो । अध्यक्षता गरिरहेको मुलुकसँग एक शब्द पनि नसोधी यस्तो वक्तव्य आउनु नेपालले आफ्नो कूटनीतिक हैसियतमा पुनरावलोकन गर्नुपर्ने बेला भइसकेको जनाउ हो यो । 
सबैतिर कठिनाइको सामना गरिरहेको नेपालको भूराजनीतिक महत्व स्थापित हुन पूर्णतया असफल भएका बेला कूटनीतिमा बिरलै हुने घटना ब्रिक्स बैठकको समयमा भारतको गोवामा भएको छ । भनिएअनुसार चीनका राष्ट्रपति र नेपालका प्रधानमन्त्रीबीच भलाकुसारी भइरहेका बेला अचानक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी त्यहीँ आए र कुराकानीमा सहभागी भए । यो दुर्लभझैं लाग्ने घटना संयोगमात्र भएको बताइए पनि नियोजितजस्तै भान हुन्छ । हुनत, अन्य क्षेत्रमा जस्तै कूटनीतिक क्षेत्रमा पनि ठूला ठूला परिवर्तनहरू भइरहेका छन, परम्परा तोडिँदै पनि छन् । भारतीय प्रधानमन्त्री मोदीका कतिपय क्रियाकलाप कूटनीतिमा कोरिएका सीमाभन्दा दायाँबायाँ र बाहिर पुगेका पनि देखिएका छन् । अकस्मात् पाकिस्तानजस्तो प्रतिद्वन्द्वी मुलुकका प्रधानमन्त्रीको जन्म दिनमा उनलाई शुभकामना दिन जानु, अमेरिका र रुससँग झन्डैझन्डै समान तहको सम्बन्ध राख्न सक्नु, पाकिस्तानको सीमाभित्र घुसेर हान्नुजस्ता उनका कामहरू प्रचलित कूटनीतिक ढर्राभन्दा बाहिरका हुन् । हुनत, भारतीय प्रधानमन्त्रीसँग कुराकानी भएका बेला चीनका राष्ट्रपति एकाएक आइपुगेका भए यति बेलासम्म भारतीय सञ्चारमाध्यमले आकाशै खसेको जस्तो गरिसक्ने थिए होला । पूर्वप्रधानमन्त्री केपी ओलीले भनेझैं भएकै हो भने पनि यो घटना ‘हनुमानलाई शक्ति’ बोध गराउने अवसर हो हाम्रा लागि । 
नियोजित वा मोदी आकस्मिकता जेसुकै होस्, नेपाललाई आफ्नो हैसियत चिन्न र तदनुकूलको काम गर्न यस घटनाले बौराएको छ । दाहाल आफैँले इतिहासकै सबैभन्दा कठिन जिम्मेवारीमा गएको भनेर प्रधानमन्त्री हुनेबित्तिकै भनेकै हुन् । हुन पनि यसपटक उनले हारे उनीसँग नेपाली राजनीतिमा धेरै कुरा नरहन सक्छ । उनी र उनको पार्टी घरको न घाटको हुने अवस्थामा नेपाली राजनीतिमा अडिएको छ । यस्तो समयमा उनी एक्लैले यसरी समयले पुनः उद्घाटित गरिदिएको सत्यलाई धान्न सक्दैनन् । तर, देशका लागि यो साह्रै नै ठूलो झकझकाहट हो । आफ्नै जिउबाट आइरहेको बास्नालाई नचिन्ने कस्तुरीझैं आफैंभित्र हराइरहेका हामीलाई हाम्रो तागतको यसले सम्झना गराइरहेको छ । 
राजनीतिक समीकरण जसरी चलोस्, सबै राजनीतिक दलहरूले यसलाई मुलुकको सर्वोत्तम हितमा उपयोग गर्नुपर्छ र आफ्नो महत्ता कायम गर्नुपर्छ । यस्ता अवसर सधैं यसरी नै बिरलै आँउछन् । 
आफूले अध्यक्षता गरिरहेको समयमा सार्क बैठक नहुनेजस्तो परिस्थिति निर्माण भएको, चीनका राष्ट्रपतिबाट हुने भनिएको बहुचर्चित भ्रमण हुने नहुने अन्योल भइरहँदा यस्तो सुखद् संयोगले नेपाली गरिमा र औचित्य आफैंलाई परख गर्ने र तदनुकूल व्यवहार गर्ने उत्तम अवसर हो ।
प्रतिद्वन्द्वी लाग्ने मुलुकहरूका बीचमा रहनु र पहिलेदेखि नै शान्तिको भूमीकाे रूपमा स्थापित मान्यतालार्इ सार्थक बनाउन सार्कको बैठक नेपालले नै अायोजना गर्न सक्छ । द्वन्द्वरत मुलुकलार्इ एकठाउँमा उभ्याउन कुटनीतिज्ञको प्रयासमा नेपालले सहजिकरण गर्न सक्छ । 
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७३  १४:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC