राजनीति
मोरङ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीले दलहरुसँग सल्लाह नगरी निर्वाचनको कार्यक्रम ल्याएकाले त्यसप्रति काँग्रेसको असहमति रहेको बताएका छन् ।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता पौडेलले मुख्य दलसँग सहमति गरेर सरकारले मधेसको समस्या समाधान गर्दै निर्वाचनको वातावरण बनाउनुपर्ने बताए । कार्ययोजनामा छलफल गरेर स्थानीय निकायदेखि सङ्घीय संसद्को निर्वाचनसम्म गराउनुपर्ने उनको भनाइ थियो ।
उनले सरकारका लागि भन्दापनि व्यवस्था निर्धारणकालागि दलबीच सहमति आवश्यक रहेको बताए। नेता पौडेलले भने, “देशमा लामो समयदेखि व्यवस्थाको टुङ्गो लागेको छैन, सरकारभन्दा पनि व्यवस्था निर्धारणका लागि दलहरुबीच सहमति आवश्यक छ ।” रासस
प्रकाशित मिति: सोमबार, असार ६, २०७३ १८:३५
प्रतिक्रिया दिनुहोस्