site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
तमलोपाको महाधिवेशन सुरु
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
 
 
नवलपरासी । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि यहाँ सुरु भएको छ । 
 
महाधिवेशनको यहाँ आयोजित समारोहबीच पार्टी अध्यक्ष महन्थ ठाकुरले उद्घाटन गरे । महाधिवेशनको उद्घाटन समारोह शुभकामना व्यक्त गदै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेसमा भएको भेदभाव हटाउन आफ्नो पार्टीले सक्दो सहयोग गर्ने र मधेसको मागलाई समेटेर जाने बताउँदै मधेस आन्दोलनमा घाइते भएकाहरुको उपचार सरकारले नगरे संसद् अवरुद्ध गरिने चेतावनी दिए । पूर्वप्रधानमन्त्री देउवाले सीमाङ्कनमा अड्किएको विषय मिलाउन आफू लाग्ने बताए । 
 
सभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले राज्यका हरेक निकायमा जनसङ्ख्याका आधारमा मधेसीलाई समानुपातिक प्रतिनिधत्व हुनुपर्छ भन्दै ‘एक जातिको मात्र शासनले’ नेपाल सबैको राष्ट्र भएको अपनत्व नभएको बताए । सीमाङ्कन, समानुपातिक प्रतिनिधत्व र नागरिकताका विषयमा अन्तरिम संविधानमा भएको व्यवस्था पनि अहिलेको संविधानमा नभएको उनको भनाइ थियो । 
 
महाधिवेशनमा राप्रपाका पूर्वअध्यक्ष पशुपतिशम्शेर जबरा, भारतीय जनताका पार्टीका उपाध्यक्ष भगतसिंह कोसियारी, पूर्वमन्त्री एवम् राष्ट्रिय जनता दल (भारत) केन्द्रीय उपाध्यक्ष रघुवंशप्रसाद सिंह लगायतले शुझकामना दिएका थिए। महाधिवेशनमा २७ जिल्लाका एक हजार २०० प्रतिनिधि सहभागी छन् । महाधिवेशन तीन दिनसम्म चल्नेछ । महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।रासस 
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ६, २०७३  १८:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC