site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

राजनीतिक नेतृत्व लोकतन्त्रप्रति प्रतिबद्ध र जनताप्रति उत्तरदायी हुने हो भने राजनीतिक अस्थिरताले कानुन व्यवस्था एवं विकासमा खासै असर पर्ने थिएन ।  तर, नेपालमा अहिले राजनीतिक इमानदारी र लोकतान्त्रिक संस्कारको खडेरी नै परेको छ । यसैले त संविधान कार्यान्वयनका लागि अनिवार्यजस्तै बनाइएको स्थानीय, प्रादेशिक तथा संघीय व्यवस्थापिका  को निर्वाचनमा समेत झन् झन् अन्योल बढ्दैगएको छ । चुनावको प्रारम्भिक तयारी पूरा भइसक्नुपर्ने समयमा पनि विपक्षी दलका नेताले सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो दलका सभापतिलाई प्रश्न गर्नु परेको छ - चुनाव हुन्छ कि हुँदैन ? ओँठे जबाफ दिन सजिलै हुन्छ । त्यसैले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि नेकपा (एमाले)को चियापानका अवसरमा विपक्षी नेता केपी ओलीलाई सजिलै भनिदिए - चुनाव हुन्छ । सभापति देउवाले हुन्छ भन्दैमा चुनाव भइहाल्ने त हैन । 

निर्वाचन आयोगले  चुनावको कम्तीमा ४ महिना अगावै आवश्यक कानुन बन्नुपर्ने जनाउ सरकारलाई दिएको थियो । निर्वाचन आयोगले जनाउ दिएको पनि ४ महिनाभन्दा बढी भइसक्यो । तर, सरकारले आवश्यक कानुन बनाएको छैन । निर्वाचन गर्नुपर्ने तीन तहमध्ये स्थानीय तहको संख्या र सीमा अझै तय भएको छैन ।  प्रदेशको सीमा र संख्यामा चित्त नबुझाएर आन्दोलन गर्नेहरू सदनमा फर्के पनि तिनले आन्दोलन छाडेका छैनन् । संविधान संशोधन गरेर उनीहरूको चित्त बुझाउने प्रयास अहिलेसम्म सफल हुने बाटामा अगाडि बढेको छैन । संविधान संशोधनका लागि व्यवस्थापिका संसद्का तीनैवटा प्रमुख दलबीच सहमति आवश्यक हुन्छ । संसद्को पहिलो र तेस्रो दल सरकारमा छन् तर उनीहरूबीच नै संविधान संशोधनको अन्तर्वस्तुका विषयमा सहमति भएको छैन भने दोस्रो दल एमालेसँग त संशोधनका विषयमा आधिकारिकरूपमा छलफल भएकोसमेत सार्वजनिक भएको छैन । अर्थात्, निर्धारित समयमा निर्वाचन नभएर राजनीतिक शून्य उत्पन्न हुने जोखिम भए पनि राजनीतिक दलका नेताहरू विशेषगरी सत्तारुढ नेतृत्व गम्भीर, जनउत्तरदायी र इमानदार भएको छैन । सत्तारुढ दलहरूबीच नै सहमतिका लागि पर्याप्त छलफल नहुँदा मतभेदहरू सतहमा प्रकट हुन थालेका छन् । यसलाई बेलैमा व्यवस्थापन नगरे सहमति झन् झन् कठिन हुँदै जानेछ ।
 
संविधान कार्यान्वयनका क्रममा हुने संशोधन, सीमांकन र निर्वाचन सबैका लागि पहिलो एवं अन्तिम अपरिहार्य आवश्यकता भने राजनीतिक इमानदारी नै हो । संविधान संशोधनमा धेरैले ‘झिँगे दाउ’ थापेका छन् । बाबुराम भट्टराईलाई यही बेला प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने गरी संविधान संशोधन गर्नुछ । कमल थापालाई सके राजतन्त्र नभए हिन्दु राज्य घोषणा गराउनु छ । अरू पनि सबैको स्वार्थ मिलेसम्म यही बेला पूरा गर्नुछ । राष्ट्रिय हित त यसै पनि गौण भइसकेको देखिएको छ । निर्वाचन, संविधान संशोधन र कार्यान्वयन परस्परमा जेलिएका विषय हुन् । प्रमुख तीन दलले सत्ता र नेताका अहंकारलाई प्राथमिकता एवं प्रतिष्ठाको विषय नबनाईकन सहमति खोज्ने हो भनेमात्र समाधान सम्भव छ । प्रमुख तीन दल एकमत भए भने संविधान संशोधन कठिन हुनेछैन । स्थानीय तहको निर्वाचनका लागि इलाकालाई समेत आधार मान्ने सहमति भएको छ । मानवीय र भावनात्मक पक्षलाई उपेक्षा गरिएको यो समाधान दिगो त नहोला तै पनि संविधान कार्यान्वयन भयो भने स्थानीय तहको पुनःसीमांकन हुनसक्छ । समय धेरै छैन । नेताहरूको छाँटकाँट हेर्दा आशा गर्ने आधार पनि छैन तर अरू विकल्प पनि छैन । यसैले अब प्रमुख दलका शीर्ष नेताहरूले समयको गम्भीरता आत्मसात् गरेर जनता र राष्ट्रप्रतिको उत्तरदायित्व पूरा गरून् !  कसैले पनि सोध्नु नपरोस् - होला त चुनाव ?    
 
 
  
 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ३०, २०७३  १८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC