विदेश
बेलायतको सत्तारुढ कन्जरवेटिव पार्टीको नेतृत्वकी प्रतिस्पर्धीले मैदान छाडेकाले गृह मन्त्री टेरेसा मे नेता पदमा निर्वाचित हुने निश्चित भएको छ।
समाचार संस्था रोएटरले सोमवार जनाएअनुसार उनकी प्रतिस्पर्धी एन्ड्रिया लिडसमले एकाएक प्रतिस्पर्धा छाडेपछि मे प्रधानमन्त्री हुने निश्चित भएकोहो।
सांसदहरूको मतदानमा बढी मत ल्याउने मे र लिडसमबीच प्रतिस्पर्धा हुने तय भएको थियो। कन्जरवेटिव पार्टीका रजिस्टर्ड सदस्यहरूको प्रत्यक्षमतदानबाट नेता चुनिनुपर्नेमा अब प्रतिस्पर्धामा मेमात्र बॉकी रहेकाले उनले त्यो निर्वाचनमा भाग लिनुपर्दैन ।
मार्गरेट थ्याचरपछि बेलायतमा मे अर्की महिला प्रधानमन्त्री हुनेछिन् ।
प्रकाशित मिति: सोमबार, असार २७, २०७३ २०:३०
प्रतिक्रिया दिनुहोस्