site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विवाहवारी बीस वर्ष पारि
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौँ । विवाहवारी २० वर्ष पारि भन्ने उखान व्यवहारमा लागू गर्न जनसङ्ख्यासम्बन्धी जानकारले सुझाव दिएका छन् । 
 
जनसङ्ख्या तथा वातावरण मन्त्रालय, त्रिवि जनसङ्ख्या विभाग र संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष युएनएपफपिएद्वारा आयोजित विश्व जनसङ्ख्या दिवसमा जानकारले विभिन्न सभासमारोह, गोष्ठी तथा आमसभामा २७ वर्षदेखि सो उखान लाउँदै आए पनि समस्या भने जहाँको त्यहीँ भएको गुनासो गरे । 
 
नेपालमा उमेर नपुगीकन विवाह गर्ने किशोरकिशोरीको सङ्ख्या ग्रामीण क्षेत्रमा ४० दशमलव शून्य सात र सहरमा २१ दशमलव शून्य २ प्रतिशत छ । नेपालमा १४ देखि १९ वर्ष उमेरका किशोरकिशोरीको सङ्ख्या ३० लाख छ । सन् १९८७ जुलाई ११ मा विश्वको जनसङ्ख्या पाँच अर्ब थियो । 
 
जनसङ्ख्या नियन्त्रण गर्ने सन्दर्भमा संयुक्त राष्ट्र सङ्घ सञ्चालक परिषद्ले ११ जुलाईलाई विश्व जनसङ्ख्या दिवस मनाउने निर्णय गरेपछि नेपालले सन् १९९० देखि सो दिवस मनाउँदै आएको छ । 
 
यस वर्ष जनसङ्ख्या दिवसको नारा ‘सुखद् भविष्यका लागि किशोरीमा लगानी’ भन्ने रहेको छ । उक्त नाराका साथ यहाँ आयोजित कार्यक्रममा जनसङ्ख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले बालविवाह रोक्न सरकारले व्यापक जनचेतनामूलक अभियानको थालनी गर्नुपर्ने बताए । 
 
जनसङ्ख्या दिवसको सन्दर्भ पारेर मन्त्रालयले आयोजना गरेको निबन्ध प्रतियोगितामा पङ्कज रेग्मी प्रथम, सुनिता कोइराला द्वितीय र राजकुमार आचार्य तृतीयलाई पुरस्कृत पनि गरियो । ‘भविष्यका लागि किशोरीमा लगानी’ विषयको निबन्ध प्रतियोगितामा पुरस्कृत हुने विद्यार्थी वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, पद्मकन्या क्याम्पस चितवन र पाटन संयुक्त क्याम्पस ललितपुरको स्नातकोत्तर तह जनसङ्ख्या विषयमा अध्ययनरत छन् । 
 
उनीहरुलाई जनही क्रमशः रु १५ हजार, रु १० हजार र रु पाँच हजार प्रदान गरिएको थियो । 
 
कार्यक्रममा त्रिवि जनसङ्ख्या विभागका प्रमुख प्रा डा रामशरण पाठकले बालबालिकाको विवाह गर्ने उमेर नपुग्दै बाबुआमाले जबर्जस्ती विवाह गर्ने चलन यद्यपि कायम रहेको जानकारी दिए । 
 
राष्ट्रसङ्घीय जनसङ्ख्या कार्यक्रमका राष्ट्रिय प्रतिनिधि जुलिया भेलासीले नेपालका जनसङ्ख्यासम्बन्धी जानकारले विभिन्न सभासमारोह, गोष्ठी तथा आमसभामार्फत विवाहवारी २० वर्ष पारि भन्ने उखान भन्दै आए पनि कार्यान्वयनमा भने चुस्तता नदेखिएकाले सबैभन्दा पहिले जनता शिक्षित हुनुपर्ने बताए । 
 
वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले छोरो जन्मँदा खुसी हुने र छोरी जन्मँदा दुःखी हुने नेपाली समाजमा बालविवाहसम्बन्धी चेतनामूलक कार्यक्रमको खाँचो औँल्याए । 
 
बाल विवाह विशेषतः अशिक्षित, गरिब र ग्रामीण क्षेत्रमा बस्ने केटीमा धेरै पाइएको तथा चौधदेखि १९ उमेर समूहका विवाहित किशोरकिशोरीमा करिब ८३ प्रतिशतले परिवार नियोजनका साधन प्रयोग गरेको नपाइएको तथ्याङ्क छ । रासस 
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २७, २०७३  १८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC