site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
कश्मिर । भारत प्रशाशित कश्मिरमा गएको शनिबारदेखि भएको प्रदर्शनका क्रममा मारिने व्यक्तिको सङ्ख्या २३ पुगेको समाचार छ । प्रदर्शनका क्रममा गएराती थप पाँच जनाको ज्यान गएको छ । त्यसपश्चात उक्त प्रदर्शनमा मारिने व्यक्तिको सङ्ख्या २३ पुगेको बताइएको छ । 
 
हिज्बुल मुजाहिद्दिनका कमाण्डर बुरहान बानीलाई शुक्रबार मारिएको विरोधमा भारत प्रशासित कश्मिरमा शनिबार स्थानीय प्रदर्शनकारीले हिंसात्मक प्रदर्शन गरेका थिए । 
 
सरकारद्वारा घोषणा गरिएको निशेधाज्ञा तोड्दै स्थानीयहरुले प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनका क्रममा मारिनेको सङ्ख्या २३ पुगेको प्रहरीले सोमबार जानकारी दिएको छ । 
 
प्रशासनद्वारा चलाइएको गोली लागि २३ जनाको मृत्यु भएको छ भने करिब ३०० जना घाइते भएका छन् । प्रहरीले बोम्बार गोली प्रहार गर्ने गरेको छ । 
 
कश्मिरमा सक्रिय ठूलो विद्रोही समूह हिजबुल मुजाहिद्दिनका २२ वर्षीय यूवा नेता वानी मारिएकोे आक्रोशमा प्रदर्शनकारीले कश्मिर इलाकाका प्रहरी कार्यालयहरु जलाएका छन् । 
 
हिंसा थप भड्किने त्रासमा प्रहरीले भने निषेधित क्षेत्रको घोषणा गरेको छ । तर, प्रदर्शनकारीले निषेधित क्षेत्रको पनि अवज्ञागर्दै सैनिक शिविरमा समेत ढुङ्गा हानेका बताइएको छ । 
 
सरकारले शनिबार भारत प्रशासित काश्मिरको ठूलो इलाकामा कफ्र्यू आदेश घोषणा गरेको थियो । कफ्र्यू आदेश घोषणा भएको इलाकामा पनि प्रदर्शनकारीले विरोध प्रदर्शन जारी नै राखेका बताइएको छ । रासस/एपी 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २७, २०७३  १८:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC