विशेष
काठमाडौं । थाइल्यान्डका युवराज महा बजिरालङकर्नले प्रधानमन्त्री प्रयुत चान ओचासँग राजा हुनुभन्दा पहिले केही समय बाबुको मृत्युमा शोक मनाउने समय मागेका छन् । सिन्ह्वाले प्रधानमन्त्री प्रयुतलाई उद्धृत गर्दै शुकवार उल्लेख गरेअनुसार गद्दी आरोहणभन्दा पहिले प्रजाहरूसँगै राजा भूमिबलको मृत्युमा शोक मनाउने समय माग गरेका हुन् ।
प्रधानमन्त्री प्रयुतले राजाको मृत्यु भएलगत्तै युवाराज महा बजिरालङकर्नलाई राज गद्दीमा बस्न आग्रह गरेका थिए ।
पत्रकारहरूलाई जानकारी दिँदै प्रधानमन्त्री प्रयुतले भने उत्तराधिकारी त उनै हुन् तर उनले केही समय मुलुकका प्रजाहरूसँगै शोक मनाएरमात्र राजा हुने बताएका छन् । युवराजले गद्दी आरोहणका लागि उपयुक्त समय (साइत) कुन हुन्छ भनेर पनि सोधेका प्रधानमन्त्री प्रयुतले पत्रकारहरूलाई जानकारी दिए ।
प्रयुतले १९७२ मै महा बजिरालङकर्न युवराज घोषित भइसकेका पनि बताए । थाइल्यान्डको संविधानअनुसार राजगद्दी रिक्त भएपछि कानुनअनुसार उत्तराधिकारी घोषित गरी संसद्को बैठकबाट अनुमोदन गराउनुपर्छ ।
प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७३ ०९:५१
प्रतिक्रिया दिनुहोस्