देश
काठमाडौं । काठमाडौं महानगरपालिका–६ नयाँबस्ती स्थित शंकर भण्डारीको घरमा आइतबार राती चोरी गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । घरमा राती चोरी गदै गरेका बेला प्रहरीले ५ जनाको समूहलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक मांखा–८ का २८ वर्षीय कर्मा लामा, सुनसरीका ३५ वर्षीय राजकुमार राउत, मोरङका २६ वर्षीय अमरकुमार होडिहारी, काभ्रेका २५ वर्षीय प्रशान्त तामाङ र सिन्धुपाल्चोकका ३२ वर्षीय पसाङ तामाङ रहेका छन् ।
प्रहरीले उनीहरुबाट १२ मुठा बिजुलीको तार, एक थान जेनेरेटर, एक थान ग्यास सिलिन्डर, रड काट्ने मेसिनलगाएतका चोरीका सामाग्री बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असार २७, २०७३ १६:२७
प्रतिक्रिया दिनुहोस्