देश
काठमाडौं । सर्लाहीको नारायणखोला–९ ड्याइनी खोलाका ३५ वर्षीय कर्म योन्जनलाई उनकै भाइले खुकुरी प्रहार गरी हत्या गरेका छन् । शौचालय बनाउने क्रममा विवाद उत्पन्न हुँदा योन्जनलाई उनकै भाई २६ वर्षीय भाई दावा योन्जनले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
योन्जनले दाईको पेटमा खुकुरी प्रहार गरेको र घटना स्थलमै कर्मको मृत्यु भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गरी फरार रहेका योन्जनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असार २७, २०७३ १६:२३
प्रतिक्रिया दिनुहोस्