site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । प्रहरी–नागरिकको दुरी हटाउन र प्रहरीलाई नागरिक मैत्री बनाउन प्रहरी प्रधान कार्यालयले (प्रहरी मेरो साथी) नामक अभियान देशभर सुरु गरेको छ । 
 
अव प्रहरीले शहर देखि गाँउगाँउका नागरिकलाई साथी बनाउने छ, जसको माध्यामबाट प्रहरीको उपस्थिति नभएको स्थानमा हुने गरेका घटना, दुर्घटना, अपराध तथा विभिन्न नकारात्मक गतिविधि पत्ता लगाउने छ । यसका लागि प्रहरीले क्षेत्र, जिल्ला र इलाका प्रहरी कार्यालयले स्थानीयबासीलाई साथी बनाउने छ । र ति साथीहरुबाट गाँउ घरमा भएका सूचना प्राप्त गर्नेछ । 
 
प्रहरी महानिरीक्षक उपेन्द्र अर्यालले भने,“उहीलेका दिन गए, हिजोको प्रहरी हैन अव भोलीको प्रहरी हुनुपर्छ”, उनले भने, “माथीको आदेश भन्दै नियम मिच्नु पर्दैन, अव नियममा चल्ने प्रहरी हुनु पर्छ । प्रहरीले सुरु गरेको (प्रहरी मेरो साथी)लाई यसले निकै मद्धत गर्नेछ ।” 
 
सामुदायिक सम्पर्कको माध्यमबाट प्रहरीलाई नागरिक मैत्री बनाउँदै अपराध, दुर्घटना र सामाजिक विकृतिलाई नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्नु अभियानको मुख्य उद्देश्य भएको महानिरीक्षक अर्यालले बताए । 
 
अर्यालले भने, “भने समाजमा ‘प्रहरी मेरो साथी’ हो भन्ने भावना र सम्बन्धको विकास गरेर प्रहरी सगंठनका छविलाई स्वच्छ बनाउन यो अभियान थालिएको हो ।” 
 
संस्कृतिविद् एवम् नागरिक समाजका अगुवा सत्यमोहन जोशी भन्छन्, “कुनै बेला प्रहरी आयो भन्दै बालबालिकाहरुलाई तर्साउने बानी थियो । तर, अव त्यस्तो रहने प्रहरी र नागरिक नमिले समाजमा शान्ति सुरक्षा कायम हुँदैन त्यसलै पनि प्रहरी नागरिको सम्वन्ध सुधार हुन आवश्यक छ ।” 
 
प्रहरीले सुरु गरेको ‘प्रहरी मेरो साथी’ अभियानमा समाजका २० हजारभन्दा बढीले सहभागिता जनाइसकेका छन् । प्रहरीले यो अभियानलाई विद्यालय हुँदै विभिन्न क्षेत्रमा लागु गर्ने जनाएको छ । 
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २७, २०७३  १६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC