खेल
लण्डन । बेलायतका नम्बर एक टेनिस खेलाडी एण्डी मर्रेले विम्बल्डन टेनिसको उपाधि जितेका छन् । आइतबार राती इंग्ल्यान्डमा भएको फाइनलमा क्यानाडाका मिलोस राओनिकलाई पराजित गर्दै मर्रेले उपाधि जितेका हुन् ।
विम्बल्डन टेनिसको उपाधि जित्ने क्रममा मर्रेले राओनिकलाई ६ –४, ७ –६ र ७ –६ को सेटमा पराजित गरे । यसअघि सन् २०१३ मा विम्बल्डन टेनिसको उपाधि जितेका मर्रेको यो दोस्रो विम्बल्डन टेनिसको उपाधि हो । त्यस्तै मर्रेको यो करियरको तेस्रो ग्रान्डस्लाम उपाधि हो ।
विम्बल्डन टेनिस अन्तर्गत महिलातर्फको उपाधि अमेरिकाकी सेरेना विलियम्सले जितेकी थिइन् । शनिबार राती भएको फाइनलमा जर्मन खेलाडी एन्जेलिक केर्बरलाई पराजित गर्दै सेरेनाले सातौं पटक विम्बल्डन टेनिसको उपाधि जितेकी थिइन् । एजेन्सी
प्रकाशित मिति: सोमबार, असार २७, २०७३ १२:०१
प्रतिक्रिया दिनुहोस्