site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
यस्ता छन् १५ औं युरो–कपका नयाँ रेकर्ड
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
पेरिस । १५ औँ संस्करणको युरोपियन च्याम्पियनसिप (युरो–कप) फुटबल गएरातिबाट सकिएको छ । गएराती सम्पन्न फाइनलमा आयोजक फ्रान्सलाई पराजित गर्दै पोर्चुगलले यस पटकको युरो–कपको उपाधि जितेको छ ।
 
स्टेड डी फ्रान्स रंगशालामा इडरले अतिरिक्त समयमा निर्णायक एक गोल गरेपछि पोर्चुगलले फ्रान्सलाई १–० ले पराजित गर्दै पहिलोपटक उपाधि जितेको हो । 
 
यता, तेस्रो पटक युरो–कपको उपाधि जित्ने फ्रान्सको सपना भने अधुरो रह्यो । त्यस्तै पोर्चुगलले फ्रान्सबिरुद्ध लगातार १० खेलको हारको शृंखलामा समेत पूर्णविराम लगायो ।
 
एक महिना चलेको युरो–कप उपाधि ट्रफीसँगै पोर्चुगलले ८० लाख पाउन्ड (९४ करोड ८ लाख २६ हजार) प्राप्त गर्यो । उपविजेतामा सिमित फ्रान्सले ५० लाख पाउन्ड (५८ करोड ८० लाख १७ हजार) प्राप्त गर्यो । यसपटक युरो–कपमा २४ टोलीको सहभागिता रहेको थियो । जुन प्रयोगलाई युरोपियन फुटबल एसोसिएसन (यूएफा) ले सफल भएको बताइसकेको छ ।
 
यसैबीच एक महिना चलेको युरोकपबाट केही नयाँ खेलाडीको उदय  भएको छ भने केही  चर्चित स्टारहरु भने फ्लप भए । यसपटकको युरो–कपमा केही नयाँ रेकर्डहरु समेत कायम भए । पोर्चुगलका क्रिष्टियानो रोनाल्डो यसपटक लगातार चार सस्करणको युरो–कपमा खेल्दै गोल गर्ने  खेलाडी बने । रोनाल्डोले मिचेल प्लाटिनीले युरो–कपमा बनाएको ९ गोलको किर्तिमानी बराबर गरे ।
 
हंगेरीका महान गोलकिपर गाबर किरलीले सबैभन्दा पाको खेलाडीको किर्तिमान बनाए । गाबरले ४० वर्षमा युरो–कप खेल्दै जर्मनीका लोथार म्याथ्युजको नाममा रहेको ३९ वर्ष ९१ दिनको किर्तिमानी भङ्ग गरे । यस्तै इंगलिस टोलीका १८ वर्षीय मार्कुस राष्फोर्ड सबैभन्दा युवा खेलाडी बने ।
 
गोल्डेन बुट–ग्रीजम्यान 
फ्रान्स युरो–कपमा घरेलु टोलीका एन्टोनी ग्रिजम्यानले युरो–कप २०१६ को गोल्डेन बुट प्राप्त गरे । प्रतियोगितामा ६ गोल गरेका ग्रिजम्यानले सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट पाएका हुन् । 
 
गोल्डेन बुट जित्ने क्रममा ग्रिजम्यानले पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो तथा फ्रान्सकै ओलिभर जिरुड लगायतलाई पछि पारे । रोनाल्डो र  जिरुडले समान ३–३ गोल गरेका थिए । स्पेनिस क्लब एथ्लेटिको मड्रिडका फरवार्ड ग्रिजम्यानले समूह चरणमा अल्बानियासँगको खेलमा एक गोल गरेका थिए । अन्तिम १६ मा रिपब्लिक अफ आयरल्याण्डसँगको खेलमा उनले दुई गोल गरेका थिए । यस्तै क्वाटरफाइनलमा आइसल्याण्ड विरुद्ध १ गोल गरेका ग्रिजम्यानले  सेमिफाइनलमा जर्मनी विरुद्ध पनि दुई गोल गरेका थिए । 
 
युवा खेलाडी–रेनाटो सान्चेज
यसपटकको युरोमा सबैको नजरमा परेका खेलाडी हुन् पोर्चुगलका–रेनाटो सान्चेज । र, आगामी सिजन जर्मन क्लब वायर्न म्युनिखबाट खेल्ने सान्चेज फ्रान्स युरोमा युवा खेलाडी घोषित भए ।
सन् १९९४ को जनवरी १ पछि जन्मिएका सबै खेलाडीलाई पछि पार्दै सान्चेजले योङ प्लेयर अफ अवार्ड हात पारेका हुन् । यूएफाको प्राविधिक अनुगमनकर्ताले पोर्चुगलका सान्चेजलाई युवा खेलाडीको रुपमा चयन गरेका हुन् । युएफाका प्राविधिक अधिकृत लोएन लुपेस्कु तथा सर एलेक्स फोर्गुसन र एलन जिरेस रहेको टोलीले सान्चेजलाई चुनेको हो । १८ वर्ष तीन सय २८ दिनका सान्चेजले पोल्याण्डसँगको क्वाटरफाइनलमा सुन्दर गोल गरेका थिए । जुन गोलले पोर्चुगल हारबाट जोगिदै सेमिफाइनलमा पुगेको थियो । 
 
यस्तै मिडफिल्डर सान्चेज युरो–कपको फाइनल खेल्ने अहिलेसम्मकै युवा खेलाडीसमेत चुनिए । सान्चेजले पोर्चुगलकै कप्तान क्रिष्टियानो रोनाल्डोले १२ वर्ष अघि बनाएको कीर्तिमान भंग गरेका हुन् ।  फाइनल खेल्दा उनी १८ वर्ष तीन सय २८ दिनका थिए । रोनाल्डो १२ वर्षअघि सन् २००४ को युरो–कपको फाइनल खेल्दा १९ वर्ष एक सय ५० दिनका थिए । उनी युरो–कप जित्ने सबैभन्दा कम उमेरका खेलाडी पनि भएका छन् । एजेन्सी 
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २७, २०७३  ११:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC