site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विरोध गर्ने समूह बाहिरिए, केसीको पक्षमा समर्थन जुट्दै
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । चार बँुदे माग राख्दै आमरण अनशनमा बसेका डा. गोविन्द केसीको पक्षमा समर्थन जुट्दै गएको छ । आइतबार राति अबेरदेखि सोमबार बिहानसम्ममा ६ सयभन्दा बढी शुभेच्छुक डा. केसीलाई भेट्न अस्पताल पुगेका छन् । अख्तियारको निर्देशनमा अस्पताल प्रशासनले केसीलाई अनशन बस्न नदिन सबै कोठाहरू बन्द गराएपछि उनी साँघुरो कोठामा बसेका छन् । 
 
समर्थक र शुभेच्छुकसमेत बस्न नमिल्ने कोठा भए पनि केसीलाई भेट्न जानेको संख्या बढ्दै गएको छ । अख्तियारको दबाबका बीच पनि आवासीय चिकित्सकहरूले केसीको पक्षमा विज्ञप्ति जारी गरेका छन् । अनशनको दोस्रो दिनमा नै उनीहरूले समर्थन जनाएका हुन् ।
 
नेसनल रेजिटेन्ट डाक्टर एसोसिएसनका तर्फबाट सोमबार जारी विज्ञप्तिमा केसीको माग तत्काल पूरा गर्न सरकारसँग आग्रह गरिएको छ ।
 
यता, केसीको अनशन बिथोल्ने प्रयासमा रहेको समूह भने त्यहाँबाट बाहिरिएको छ ।
 
आइतबार बेलुकासम्म ‘अस्पताल परिसरमा अनशन बस्न पाइँदैन’ भन्दै नाराबाजी गर्नेहरू बेलुका नै फर्किएका थिए ।
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २७, २०७३  ११:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC