site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लोकमान सिंह कार्कीको घरमा आज जसरी पनि सूचना टाँस्ने तयारी
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको बानेश्वरस्थित घरमा जसरी पनि सूचना टाँस गर्ने तयारी गरिएको छ ।
त्यसका लागि टोली त्यसतर्फ गइसकेको छ । कार्कीको घरमा सर्वोच्च अदालतका तामेलदारहरुले बुधवार पर्चा खडा गरी म्याद तामेलको प्रयास गरे पनि सफल हुन सकेन । 
कार्कीको घर पुरै भाडामा लागेको भन्दै म्याद तामेली नगरी टोली फिर्ता भएको हो ।
तामेलदार शम्भु खत्रीको नेतृत्वमा गएको टोलीले ३÷४ घण्टासम्म पर्खिँदा पनि वडा सचिव सरिता राई उपस्थित नभएपछि म्याद तामेल हुन नसकेको हो ।
हाजिर गरेर निस्किएकी वडा सचिव अबेरसम्म पनि नआएपछि सर्वोच्चका तामेलदार फिर्ता भएका हुन् ।  तर बिहीबार पहिला वडा कार्यालय पुगेर वडा सचिवको रोहबरमा मुचुल्का उठाउने तयारी भएको स्रोतले जानकारी दियो । 
“आज जसरी पनि सूचना टाँस गर्ने तयारी गरिएको छ,”स्रोतले भन्यो ।  अधिवक्ता ओम प्रकाश अर्यालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीको नियुक्ति नै गलत भन्दै सर्वोच्चमा दायर रिटमा पुनः सुनुवाई हुने निर्णय सर्वोच्चको छ । त्यसपछि अख्तियार प्रमुख कार्की स–परिवार विदेशमा रहेपछि उनको घरमा म्याद(सूचना) टाँस गर्न सर्वोच्चबाट तामेलदार पुगेका थिए ।  सूचना टाँस गर्न असहयोग भैरह्यो भने पत्रपत्रिका, रेडियो र टेलिभिजनबाट पनि जानकारी गराउन सकिन्छ ।
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २०, २०७३  १२:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC