site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपाल–भारत सम्बन्ध नयाँ मोडमा : भारतीय राजदुत राय
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । नेपालका लागि भारतीय राजदुत रञ्जित रायले पछिल्लो समय नेपाल र भारत दुवैको तर्पmबाट भएका उच्चस्तरीय द्धिपक्षीय भ्रमणले नेपाल–भारत सम्बन्ध नयाँ उचाईमा पुगेको विश्वास व्यक्त गरेका छन् । 
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा राजदुत रायले पछिल्लो समय द्धिपक्षीय उच्चस्तरीय भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थपेको स्पष्ट पारेका छन् । 
उनले अघि थपे,“पछिल्ला उच्चस्तरीय भ्रमणले द्धिपक्षीय सम्बन्धलाई नयाँ उचाई प्रदान गर्नको लागि उच्चस्तरीय राजनीतिक समझदारी बनेको छ, अहिले भैरहेका द्धिपक्षीय भ्रमण केवल शिष्टाचारको लागि मात्रै होईनन, यो त ठूलो उपलब्धि हो ।”
उनले पछिल्लो समय भारतकी विदेशमन्त्री सुष्मा स्वराजले ५ पटक नेपाल भ्रमण गरेको र नेपालका विदेशमन्त्रीले पनि ६ पटक भारत भ्रमण गरेको उल्लेख गर्दै थपे,“सायद यस्तो प्रकारको उच्चस्तरीय भ्रमण विश्वमै कहिँ पनि भएको छैन ।”
राजदुत रायले भने,“तिहारको भाईटिका लगत्तै भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण हुने, हाल भारतको नयाँ दिल्लीमा नेपाल–भारत प्रवुद्ध समूहको बैठक बसिरहेको छ, यी सबै उच्चस्तरीय भ्रमणले दुवै देशमा शान्ति, स्थायित्व र विकासमा टेवा पुर्याउँछ, दुवै देशले सम्बन्धलाई उच्च प्राथमिकता दिएको छ ।” 
२१ औं शताब्दीमा नेपाल र भारत दुवै देशको एउटै उद्देश्य रहेको उल्लेख गर्दै राजदुत रायले भने,‘हामी दुवै देशको एउटै उद्देश्य छ, त्या भनेको आर्थिक समृद्धि नै हो, यसको लागि धेरै प्रयास र प्रयत्न गर्नुपर्छ, त्यति सजिलै यो उद्देश्य हाँसिल हुँदैन्, त्यसको लागि हामीले रफ्तार बढाउनुपर्छ, भारतको अहिले ७ दशमलवको जिडिपी रेट छ, तर हामी दोहोर अंकको आर्थिक वृद्धिको पक्षमा छौं, तर यो भारतले एक्लैले गर्न सक्दैन, चूनौति धेरै छ, भारतको अन्य देशको साथ साझेदारी गर्दै अघि बढ्नुपर्छ, हाम्रो लागि छिमेकी पहिलो प्राथमिकता छ ।’
भारत नेपालको साथसाथमा रहेर विकास गर्न चाहाने उल्लेख गर्दै राजदुत रायले भने,“त्यसैले अब सबै खाले अविश्वास, आशंका, द्धिविधाहरु हटाउनुपर्छ, नेपालमा अशान्ति भए भारतलाई कहिल्यै फाईदा हुँदैन, दुवै देश विकास भए दुवै देशका नागरिकहरुलाई फाईदा हुन्छ, त्यसैले आगामी दिनमा पनि द्धिपक्षीय सम्बन्धहरुले अझै गति लिओस् ।”
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १९, २०७३  १७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC