site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पोर्चुगललाई पहिलो पटक यूरोकपको उपाधि
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
एजेन्सी
पेरिस । आयोजक फ्रान्सलाई पराजित गर्दै पोर्चुगलले पहिलोपटक युरोपियन च्याम्पियनसिप (युरोकप) फुटबलको उपाधि जितेको छ । पेरीसस्थित स्टेड डी फ्रान्स रंगशालामा भएको फाइनलमा अतिरिक्त समयमा फ्रान्सलाई १ / ० ले पराजित गर्दै पोर्चुगलले १५ औ संस्करणको युरोकप उपाधि जितेको हो ।
पोर्चुगलको जितमा एक मात्र निर्णायक गोल इडेरले गरे । निर्धारित ९० मिनेट गोल रहित बराबरीमा सकिएपछि थपिएको समयमा गोल गर्दै पोर्चुगलले उपाधि जितेको हो । अतिरिक्त समयको १०९ औ मिनेटमा इडरले एकल प्रयासबाट गोल गर्दै पोर्चुगललाई ऐतिहासिक उपाधि दिलाए ।
पोर्चुगलले यसअघि २००४ मा घरमै आयोजना भएको खेलमा ग्रिससँग हारेपछि दोस्रो स्थानमा चित्त बुझाउनुपरेको थियो । त्यसपछि पोर्चुगलले युरोकपको फाइनलसम्म पुगेको थिएँ । यता घरेलु भूमीमा भएको युरोकप जित्ने फ्रान्सको सपना पुरा हुन् सकेन । त्यस्तै फ्रान्सको युरोकपको उपाधि तेस्रोपटक जित्ने योजना विफल भयो ।
खेलमा पोर्चुगलबिरुद्ध बल पोजिसनमा पकड बनाएपनि फ्रान्सले उपाधि जित्न सकेन । त्यस्तै फ्रान्सले क्रिष्टियानो रोनाल्डोबिनाको पोर्चुगललाई हराउन सकेन । पहिलो हाफको २५ औ मिनेटमा पोर्चुगलको क्रिष्टियानो रोनाल्डो घाइते हुदै मैदानबाट बाहिरिएपछि फ्रान्सले खेल एकतर्फी बनाएको थियो ।
तर, फ्रान्सले गोल गर्न सकेनन ।  फ्रान्सका दिमित्री पाएटसंग ठोक्किएपछि रोनाल्डो घाइते भएका थिए । र, घुडाको इन्जुरी भएका रोनाल्डोलाइ प्राथमिक उपचार गरिएको थियो । तर, प्राथमिक उपचारले पनि रोनाल्डोको इन्जुरी ठिक नभएपछि रोनाल्डो रुँदै मैदानबाट बाहिरिएका थिए ।
खेल अवधिभर फ्रान्सले केहि गोलको अवसर पाएको थियो ।  तर, एन्टोनी ग्रीजम्यान, ओलिभर जिरुड, दिमित्री पाएटको केहि उत्कृष्ट प्रहार पोर्चुगलका किपरले बचाएका थिए । खेलको अन्तिम समयमा फ्रान्सका गिगनाकको प्रहार पोस्टमा लागेर फर्किदा खेलको ९० मिनेट गोलरहित बराबरीमा सकिएको थियो । त्यस्तै पोर्चुगलका नानी, क्वारीस्माको केहि उत्कृष्ट प्रहार फ्रान्सका किपरले बचाएका थिए ।
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २७, २०७३  ०३:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC