site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

काठमाडौँ, २६ असार । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले नियम विपरीत सञ्चालित राजधानीका औषधि पसल र स्वास्थ्य जाँच गराउने ल्याबमा सिलबन्दी गरेको छ ।

विभाग नेतृत्वको सरकारी टोलीले आज अनुगमनका क्रममा चाबहिलस्थित चारु मेडिकल स्टोरमा चिकित्सकको सिफारिसबिना मनोद्दीपक (मनोरोगीलाई दिइने) औषधि बिक्री गरेको फेला पारेको हो  । साथै, त्यस्ता औषधिको अभिलेख नराखेको भेटिएपछि उक्त पसलमा सिल गरिएको विभागका अधिकृत श्रीप्रसाद अधिकारीले जानकारी दिए ।

उक्त पसलमा रहेका बाँकी मनोद्दीपक औषधि जोलिम, लोरी, पाज, क्लोरोप र क्लोनाज रेकर्ड राखी जफत गर्नुका साथै तीन दिनभित्र स्पष्टीकरणसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । यद्यपि सो पसलका सञ्चालक होमनाथ बास्तोलाले भने नियम प्रक्रिया पु¥याएर नै औषधि बिक्री गरेको दाबी गरे ।

Agni Group

सोही पसलको चारु पोलिक्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर प्रालि दुई वर्षदेखि नवीकरण नगरेको भेटिएपछि त्यसमा पनि सिल गरिएको छ । टोलीले दर्ता नगरी चलाएको भेटिएपछि चाबहिलकै डाइग्नो हेल्थ ल्याब क्लिनिकमा पनि सिल गर्नुका साथै आवश्यक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

अनुगमनका क्रममा टोलीले चाबहिलको अदीप फार्मेसीमा आधिकारिक व्यक्ति नभेटिएपछि अनाधिकार व्यक्तिलाई कुनै पनि समय औषधि पसल सञ्चालन नगर्न निर्देशन दिएको छ । अनुगमन टोलीले आजै अनुगमनका क्रममा सहयोग गर्नाको साटो उल्टै पसल नै बन्द गरेर हिँडेपछि क्षेत्रपाटीस्थित बजगाईं मेडिसिन सप्लायर्स र इखापुखु मेडिसिन डिस्टिब्युटरमा सिल गरेको टोलीमा सहभागी औषधि व्यवस्था विभागका फार्मेसी अधिकृत निकेश श्रेष्ठले बताए।

Global Ime bank

दुवै पसललाई २४ घन्टाभित्र स्पष्टीकरणसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । टोलीले ती दुवै पसलमा स्पष्टीकरणसहित विभागमा उपस्थित हुने व्यहोराको सूचना टाँस गरेको छ ।

त्यसअघि टोलीले सो क्षेत्रका शुभम् फर्मा सेल्स प्रालि, एनएन फर्मास्युटिकल्स र सेर्जाे मेडिसिन कन्सर्नमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा टोलीले म्याद गुज्रेका औषधि छुट्टै नराखेको, पसल दर्ता नवीकरण नगरेको र आवश्यकताअनुसार सफाइ नगरेको फेला पारेको थियो ।

उक्त क्षेत्रमा अनुगमनका क्रममा व्यापारीले व्यवस्थित र भद्र अनुगमन गर्नुपर्ने माग राखी केहीबेर हल्ला गरेका थिए । नेपाल औषधि व्यवसायी सङ्घका केन्द्रीय सदस्य रामेश्वर श्रेष्ठले मर्यादित र भद्र तवरले अनुगमन गर्नुपर्ने र व्यापारीलाई आतङ्कित गर्न नहुने माग गरे ।

टोलीले महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा रहेको संग फार्मामा गरेको अनुगमनका क्रममा म्याद गुज्रेका औषधि छुट्टै नराखेको र बिलमा क्रेताको नाम ठेगाना नराखेको फेला पारेपछि त्यसको व्यवस्थापन गर्न निर्देशन दिएको थियो । महाराजगञ्जकै वेलफेयर फर्मा औषधि पसलले भने औषधि उचित तवरमा व्यवस्थापन गरेको टोलीले भेटाएको थियो ।

आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभाग, औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, नेपाल प्रहरी र उपभोक्ताको प्रतिनिधि सम्मिलित संयुक्त टोलीले केही दिनदेखि राजधानीका विभिन्न क्षेत्रमा नियमित स्थलगत अनुगमन गरिरहेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २६, २०७३  २२:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC