site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
२५ बुँदेको विरोध गर्नेहरु नक्कली राष्ट्रवादी हुन् : परराष्ट्रमन्त्री
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हालै भएको भारत भ्रमणको क्रममा नेपाल र भारतका दुवै राष्ट्रप्रमुखले निकालेको संयुक्त विज्ञप्तीमा राष्ट्रियता र राष्ट्रिय स्वार्थमा आँच आएको भनेर केहीले नक्कली राष्ट्रवादको हल्ला फिँजाएको आरोप लगाएका छन् । 
मंगलबार रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा बोल्दै मन्त्री महतले प्रधानमन्त्रीको भारत भ्रमणको बेलामा जारी भएको २५ बुँदे संयुक्त विज्ञप्तिलाई लिएर बाबुराम भट्टराई लगायत सरकार बाहिर रहेका दलहरुले नक्कली राष्ट्रवाद देखाएर विरोध गरेको आरोप लगाएका हुन् । उनले भने,“आफू सरकार बाहिर हुनेवित्तिकै सस्तो लोकप्रियताको लागि यसरी विरोध गर्नु हाँस्यस्पद हो, यो त विरोधको नाममा विरोध मात्रै हो ।”
पहिला पहिला भारतीय चलचित्र चल्न पनि दिनुहँुदैन भन्ने बाबुरामले आफू प्रधानमन्त्री हुँदा कुरा बुझेर भारतसँग विप्पा सम्झौता गरेको उल्लेख गर्दै महतले भने,“हामी त समृद्धिको लागि स्वदेशी तथा विदेशी लगानी आवश्यक छ र लगानी सूरक्षित गर्नुपर्छ भन्ने पक्षमा हामी त पहिलादेखि नै थियौं ।”
मन्त्री महतले कुनै विवाद नै नभएको विषयलाई विवादित बनाउने, प्रोपागाण्डा बनाउने र जनतामा भ्रम पैदा गर्ने कुराले राष्ट्रिय स्वार्थ पूरा नहुने जिकिर गरे । उनले भने,“नेपाल र भारतवीच धेरै विषयमा समान धारणा छ, अनि यसबारेमा बोल्दा नराम्रो कुरा के भयो र ?” सार्क लगायत क्षेत्रिय संगठनलाई मजबुत बनाउने कुरा गर्दा किन यहाँ यत्रो हल्लाखल्ला, चीनसँग पनि हाम्रो अन्तर्राष्ट्रिय विषयमा धेरै समान धारणाहरु छन्, तर हामीले राष्ट्रियता र राष्ट्रिय स्वार्थको विषयमा कुनै कम्प्रोमाईज गरेकै छैन् ।’ 
उनले अघि थपे,“सूरक्षा परिषदको स्थायी सदस्यमा भारतलाई समर्थन गर्छौ भन्दा के नौलो विषय हो र, हामी जापान जाँदा जापानलाई सहयोग गर्छौ भन्छौं ।” 
मन्त्री महतले जनताको भावनामा खेल्नको लागि हुँदै नभएको कुराको आरोप लगाईएकोप्रति कडा आक्रोश पोख्दै भने,“एउटा बुँदा पनि राष्ट्रिय स्वार्थको विरुद्धमा छैन, बरु २५ बुँदामा एक एक बुँदा नेपालको हितमा छन्, सत्ताबाट बाहिर जानेवित्तिकै विरोध गर्नुको कुनै अर्थ छैन् ।” 
उनले तिललाई पहाड बनाउने काम भएको बताउँदै तर यहाँ २५ बुँदेमा तिल पनि छैन, सिन्को पनि नभएको बताए ।  मन्त्री महतले दलहरुवीच आन्तरिक विषयमा वादविवाद र बहस भएपनि परराष्ट्र नीतिमा एकरुपता हुनुपर्नेमा जोड दिए । 
भारतीय राष्ट्रपतिको नेपाल भ्रमण तय भैसकेकोले आफूहरु उनलाई स्वागत गर्न आतुर रहेको मन्त्री महतले बताए । त्यस्तै चीनका राष्ट्रपतिको पनि नेपाल भ्रमण हुनेमा आफूहरु विश्वस्त रहेको उल्लेख गर्दै महतले भने,“भारतको गोवामा हुने व्रिक्स सम्मेलनमा नेपाललाई पनि निमन्त्रणा आएको छ, प्रधानमन्त्री र म त्यहाँ जाँदैछौं, त्यतिवेला द्धिपक्षीय हितका बारेमा कुराहरु हुन्छन, चीनीयाँ राष्ट्रपतिसँग पनि भेट हुन्छ ।” भारत र चीनलाई नेपालले उच्च प्राथमिकतामा राखेको समेत उनले बताए । 
पाकिस्तानको ईस्लामवादमा आगामी नोभेम्बरमा हुने भनिएको सार्क सम्मेलन स्थगित् भएपछि सरकारले तीन तीन पटक प्रेस विज्ञप्ति जारी किन गरेको भनि सञ्चारकर्मीले सोधेको प्रश्नमा मन्त्री महतले भने,“तीनवटै वक्तव्यको आ–आफ्नै महत्व छ, यी सबै फरक सन्दर्भमा आएका हुन्, सार्क राष्ट्रको अध्यक्षको नाताले हामीले सबैलाई सहज वातावरण बनाउन आह्वान गरेका छौं ।”
उनले सार्कको चार्टरमै सबैको सहमतिमा मात्रै सम्मेलन हुने व्यवस्था भएकोले सबै सदस्य राष्ट्रहरुवीच सहमति हुनु अनिवार्य आवश्यक रहेको टिप्पणी गरे । उनले भने,“चाँडो भन्दा चाँडो सबैको सहभागिता सुनिश्चितता हुनेगरि सम्मेलन गर्न वातावरण बनाउन हामी पहल गर्छौ ।”
नेपाल अन्तर्राष्ट्रिय आतंकवादको विरुद्धमा रहेको भन्दै जुनसुकै देशमा यस्तो हुनुहुन्न भन्ने पक्षमा नेपाल सरकार रहेको बताउँदै भने,“एउटाको भूमि अर्कोको विरुद्धमा प्रयोग हुनुहुँदैन, नेपाल सबै खाले आतंकवादको विरुद्धमा छ ।”  
आफूले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिँदा नेपालको संविधान विश्वव्यापी मान्यतामा आधारित रहेको, सबैको प्रतिनिधित्व सुनिश्चित रहेको र समावेशी रहेको बारेमा पनि बोलेको उल्लेख गर्दै असन्तुष्टहरुको मागलाई पूरा गर्ने बारेमा सरकार गम्भीर रहेको मन्त्री महतको भनाई थियो । उनले संविधान संशोधनमार्फत असन्तुष्ट सबैको चित्त बुझाउने गरि गृहकार्य भैरहेको जनाए । 
संविधान कार्यान्वयनको लागि पनि आगामी ०७४ माघ ७ भित्रै तीन वटा निकायको चुनाव गर्नुपर्ने बाध्यता भएकोले सरकार निर्वाचनको तयारीमा जुटेको बताउँदै महतले भने,“कानुनी व्यवस्थाको लागि काम भैरहेको छ, सबैभन्दा पहिले स्थानीय तहको निर्वाचन हुन्छ ।” उनले प्रमुख तीन दलको सहमतिमा स्थानीय पूर्नसंरचना आयोगले थप कार्यदेश पाएको पनि बताए ।   उनले दसैंतिहारको लागि जनतालाई कुनै किसिमको सास्ती नहोस भनेर सरकार सचेत रहेको बताए । 
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १८, २०७३  १६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC