बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
निर्वाचनसम्बन्धी तीन विधेयक पेस
KNP nepal
KNP nepal
बाह्रखरी - मंगलबार, असोज १८, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौं । व्यवस्थापिका–संसद्मा निर्वाचनसम्बन्धी तीन विधेयक मंगलबार पेस भएको छ । 
उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले ‘राजनीतिक दलसम्बन्धी विधेयक, २०७३’, ‘मतदाता नामावली सम्बन्धी विधेयक, २०७३’ र ‘निर्वाचन आयोग विधेयक, २०७३’ पेस गरे ।  
कानुनका अभावमा स्थानीय, प्रान्तीय तथा केन्द्रको निर्वाचन गर्न सम्भव नहुने भएपछि गृह मन्त्रालयले निर्वाचनसँग जोडिएको विधेयक प्रस्तुत गरेको हो । 
ती विधेयक पारित भएपछि निर्वाचन आयोगलाई निर्वाचन तयारीका लागि आवश्यक मार्ग प्रशस्त हुने विश्वास लिइएको छ । यसअघि ‘राजनीतिक दलसम्बन्धी विधेयक, २०७३’ र ‘निर्वाचन आयोग विधेयक, २०७३’ माथि सांसद प्रेम सुवाल, अनुराधा थापा मगर र डिल्लीप्रसाद काफ्लेले संयुक्त रुपमा प्रस्तुत गरेको विरोधको सूचनालाई सदनको बहुमतले अस्वीकृत गरेको थियो । रासस 
Nepal Investment bank
Nepal Investment bank
मंगलबार, असोज १८, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्