site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
केसीको सत्याग्रहमा रेजिडेन्ट चिकित्सकको ऐक्यवद्धता, आजदेखि आकस्मिक बाहेकका सेवा बहिस्कार
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं ।  नौ दिन देखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीको मागप्रति ऐक्यवद्धता जनाउँदै त्रिवि शिक्षण अस्पतालका रेजिडेन्ट चिकित्सकले आकस्मिक बाहेकका सेवा बहिस्कार गर्ने घोषणा गरेका छन् ।
रेजिडेन्ट चिकित्सक एशोसियसनका अध्यक्ष डा. लिजन महर्जन र सचिव डा. सचित शर्माले प्रेस विज्ञप्ति जारी गर्दै आज १८ गतेदेखि सम्पूर्ण डाक्टरहरू आ–आफ्नो शैक्षिक कार्यक्रम अन्तर्गत पर्ने अपरेशन र इमर्जेन्सी बाहेकका अन्य कुनै पनि शैक्षिक क्रियाकलापमा सहभागि नहुने बताएका छन् ।
अस्पतालमा कार्यरत ३ सय भन्दा बढी चिकित्सकले यस्तो घोषणा गरेका हुन् ।  चिकित्सा शिक्षा ऐन संसद्को यही अधिवेशनबाट तुरुन्त पारित हुनुपर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की र आयुक्त राजनारायण पाठकमाथि तत्काल महाअभियोगको प्रक्रिया अघि बढाउनुपर्ने, मेडिकल शिक्षाको शुल्क माथेमा कार्यदलले निर्धारित गरे बमोजिम तथा पछिल्लो सम्झौताबमोजिम कायम गर्दै पछिल्लोचोटी निजी मेडिकल कलेजका प्रतिनिधिहरुद्धारा बनाइएको कथित समितिको निर्णय खारेजीको माग गर्दै उनले नवौं सत्याग्रह थालेका हुन् । 
त्यसैगरी आइओएममा तत्काल वरिष्ठताका आधारमा डिन नियुक्ति गरिनुपर्ने, चिकित्सा शिक्षा ऐनको मर्मविपरीत संसदमा विचाराधीन प्रक्रिया फिर्ता गरिनुपर्ने, आइओएमका भ्रष्ट पूर्व पदाधिकारीमाथि तत्काल छानविन र कारवाही अघि बढाइनुपर्ने लगायतका माग राखेर केसी नौ दिनदेखि आमरण अनशनमा बसेका छन् ।
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १८, २०७३  ०८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC