site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
डा. गोविन्द केसीको मागलाई बेवास्ता गर्दै संसद् बैठक स्थगितको तयारी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं ।  व्यवस्थापिका–संसद्को बैठक मंगलबारदेखि दसैंपछिसम्म स्थगितको तयारी गरिएको छ । 
डा. गोविन्द केसीले चार बुँदे माग अघि सारेर नवौं सत्याग्रहको आठ दिन पूरा हुँदासम्म संसद्सँग सम्बन्धित मागको पूर्ण बेवास्ता गर्दै संसद् अधिवेशन दसैंसम्म स्थगित गर्ने तयारी संसद् सचिवालयको छ ।
चिकित्सा शिक्षा ऐन संसद्को यही अधिवेशनबाट तुरुन्त पारित हुनुपर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की र आयुक्त राजनारायण पाठकमाथि तत्काल महाअभियोगको प्रक्रिया अघि बढाउनुपर्ने, मेडिकल शिक्षाको शुल्क माथेमा कार्यदलले निर्धारित गरे बमोजिम तथा पछिल्लो सम्झौताबमोजिम कायम गर्दै पछिल्लोचोटी निजी मेडिकल कलेजका प्रतिनिधिहरुद्धारा बनाइएको कथित समितिको निर्णय खारेजीको माग गर्दै उनले नवौं सत्याग्रह थालेका हुन् ।
त्यसैगरी आइओएममा तत्काल वरिष्ठताका आधारमा डिन नियुक्ति गरिनुपर्ने, चिकित्सा शिक्षा ऐनको मर्मविपरीत संसदमा विचाराधीन प्रक्रिया फिर्ता गरिनुपर्ने, आइओएमका भ्रष्ट पूर्व पदाधिकारीमाथि तत्काल छानविन र कारवाही अघि बढाइनुपर्ने लगायतका माग राखेर केसी आमरण अनशनमा बसेका छन् ।
तर डा. केसीले आफ्ना माग पूरा नभएसम्म कुनै पनि हालतमा सम्झौता नगर्ने अडान राखेका छन् ।  यी मागमध्ये महत्वपूर्ण विषय संसद्ले नै पूरा गर्नुपर्ने भए पनि संसद्को बैठक बढीमा १५ दिनसम्म स्थगित हुन सक्ने संसद् सचिवालयले जनाएको छ ।
“दसैंमा धेरै सांसदहरु काठमाडौं बाहिर जानुपर्ने भएकाले मंगलबारदेखि स्थगित गर्ने तयारी गरिएको छ,” संसद् सचिवालयका प्रवक्ता डा. भरत गौतमले भने, “अधिवेशन नै अन्त्य गरिएको होइन, दसैंका लागि केही दिन स्थगित गरिएको हो ।”
तर केही सांसदहरुले भने केसीका केही माग अघि बढाउन पनि २१ गतेसम्म संसद् चलाउन सुझाव दिएको सचिवालय स्रोतले जानकारी दियो । सभामुख ओनसरी घर्तीका प्रेस सल्लाहकार बविन शर्माले पनि मंगलबार देखि नै संसद्को अधिवेशन केही दिनका लागि स्थगितको तयारी भइरहेको जानकारी दिए ।
उनले महाअभियोगसहित संविधानमा व्यवस्था भएका सबै समिति बनाउन प्रमुख दलका शीर्ष नेताहरुसँग छलफलको प्रयास भए पनि नेताहरुको व्यस्तताका कारण हुन नसकेको प्रतिक्रिया दिए ।
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १७, २०७३  १९:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC