site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिसद (आईसीसी)ले नेपाल क्रिकेट संघ क्यानलाई निलम्बित गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टिम पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न सोमबार युरोपको भ्रमणमा निस्कदैछ । क्यान निलम्बन पछि नेपाली टोलीले इंग्ल्यान्डको लर्ड्समा विश्वको सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग मैत्रीपूर्ण खेल खेल्न युरोप भ्रमणमा निस्कन लागेको हो । 
 
नेपालले आगामी साउन ४ गते क्रिकेटको मक्का मानिने लर्डसमा (एमसीसी) सँग ५० ओभरको खेल खेल्ने छ । त्यसअघि नेपाली टोलीले स्थानीय टिमसँग ४ खेल अभ्यास खेल्ने छन् । नेपाल र ब्रिटेनबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको २ सय वर्ष पुगेको अवसरमा नेपालको लर्ड्समा खेल्न लागेको हो । इंग्ल्यान्ड भ्रमणमा निस्किएको १८ सदस्यिय नेपाली टोलीलाई आइतबार आईसीसीले बिदाई गरेको छ । त्रिवि क्रिकेट मैदानमा गरिएको नेपाली टोलीको बिदाई यूवा तथा खेलकुद मन्त्रालयका सहसचिव चुडामणि पौडेलले गरेका थिए । 
 
इंग्ल्यान्ड भ्रमण नेपाली टोलीको लागि बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्डसँगको खेलको तयारीको रुपमा समेत हेरिएको छ । नेपालले आगामी साउन अन्तिम साता नेदरल्यान्डसँग उसकै मैदानमा विश्व क्रिकेट लिग च्याम्पियनसिपका दुई खेल खेल्दैछ । 
 
“लर्ड्समा खेल्नु आफैमा ठूलो विषय हो । लर्ड्समा खेल्नु सबैको सपना हुन्छ । र टेस्ट नखेल्ने राष्ट्रमध्ये हामीलाई यो अवसर जुरेको छ । हामीलाई बिश्वसामु नेपाली क्रिकेट देखाउन मौका मिलेको छ ।” इंग्ल्यान्ड भ्रमणमा जानुअघि कप्तान पारस खड्काले भने, “हामीलाई क्रिकेटको भूमीमा खेल्नु सँगै बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्डसँगको खेललाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।”
 
आगामी साउन २९ र ३१ गते नेपाल र नेदरल्याण्ड्सबीच खेल हुँदैछ । जुन नेपालको लागि निकै महत्वपूर्ण खेल हो । त्यसैले कप्तान पारस इंग्ल्यान्ड भ्रमणले नेदरल्याण्ड टुरमा बिशेष महत्व राख्ने बताउँछन् । “हामीले यसअघि स्कटल्याण्डसँगको खेल अघि नेदरल्याण्ड टुर गएका थियौं । जहाँ हामीले त्यहाँको परिवेशबारे जानकारी पाएका थियौं । त्यसैले हामीले राम्रो तयारी गरेका छौं,” कप्तान पारसले थपे, “हामीलाई लर्ड्स भ्रमणले निकै सहयोग गर्नेछ । किनकि नेदरल्याण्डको परिवेश इंग्ल्यान्डको पिच सुहाउदो हुनेछ ।” 
 
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा तेस्रो चरणको खेल सकिँदा नेपाल नेपाल छैटौं स्थानमा छ । नेपालमा भएको नामिबियाविरुद्धका दुई खेल जितेर ४ अंक जोडेको नेपालले अब नेदरल्याण्डसँग उसैको मैदानमा खेल्न लागेको हो । च्याम्पियनसिपमा नेदरल्याण्ड्स १० अंकसहित शीर्ष स्थानमा छ । अहिलेसम्म अपराजित नेदरल्याण्डसँग नेपाललाई कठिन हुनेछ  । 
 
तर, इंग्ल्यान्ड टुरले नेदरल्यान्डसँगको खेलमा सहयोग पुग्नेमा प्रशिक्षक जगत टमाटाको विश्वास छ । लर्ड्स भ्रमणले नेपाली टोलीलाई नेदरल्याण्डको ’कन्डिसन’मा भिज्न सहयोग पुग्ने पनि प्रशिक्षण टमाटाले बताए ।
“युरोप नेपालको भन्दा फरक ‘कन्डिसन’ छ । नेपाली खेलाडीहरूले युरोपमा खुलेर खेल्न सक्दैनन् । त्यसैले लर्ड्स भ्रमण हामीलागि नेदरल्याण्ड टुरको लागि तयारी स्वरूप हुनेछ । जुन एकदमै महत्वपूर्ण छ,” प्रशिक्षक टमाटाले भने, “त्यस्तैले खेलाडीले पनि निकै मेहेनत गरेका छन् र हामीलाई एमसीसीमा खेल समेत देखाउने अवसर पाएको छ ।“
 
युरोप भ्रमणका लागि प्रशिक्षक टमाटाले सन्तुलित टिम बनाएको छ । जुन युरोपको कन्डिसनलाई सुहाउने खालको छ । प्रशिक्षक टमाटाको अनुसार नेपाली टोलीमा यसपटक फास्ट बलर र ब्याट्सम्यानलाई बढी फोकस गरिएको छ । 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २६, २०७३  १७:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC