site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राष्ट्रिय क्रिकेट टोलीको जर्सीमा लोगो परिवर्तन
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
 
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार इंग्ल्यान्डको भ्रमणमा निस्कदै छन् । नेपाली टोली बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्डसँगको तयारी र विश्वको सबैभन्दा पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँगको मैत्रीपूर्ण खेलका लागि सोमबार त्यसतर्फ जान लागेका हुन् ।
 
तर, यसपटक नेपाली टोलीले अन्तर्राष्ट्रिय खेल खेल्दा नेपालको राष्ट्रिय टोलीले खेल्ने जर्सीको लोगो फरक हुनेछ । नेपाली टोलीले आगामी खेलमा लगाउने जर्सीको देब्रे पट्टिको भागमा रहँदै आएको नेपाल क्रिकेट संघ क्यानको लोगो हट्ने छ । उक्त क्यानको लोगो हुने स्थानमा अब नेपाली राष्ट्रिय झण्डाको लोगो हुनेछ ।
 
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघ क्यानलाई प्रतिबन्ध गरेसँगै नेपाली क्रिकेट टोलीले लगाउने जर्सीको लोगो परिवर्तन भएको हो ।
 
 
आईसीसीको नियमअनुसार अनुसार प्रतिबन्धमा परेको संघले अन्तर्राष्ट्रिय खेल खेल्न पाउँछ तर उसले खेल्ने जर्सीमा प्रतिबन्धित संघको लोगो हुनु हुँदैन । अब नेपालले अन्तर्राष्ट्रिय सहभागिता जनाउदा क्यानको नभई नेपालको प्रतिनिधि गर्ने हुँदा जर्सीमा नेपालको राष्ट्रिय झन्डा राखिन लागेको हो । नेपाली क्रिकेट टिमको जर्सी भारतको टी–१० स्पोर्ट्स कम्पनीले बनाएको हो ।
 
क्यानमा राजनीतिक हस्तक्षेप भएको र क्यान विवादमा फसेको भन्दै आईसीसीले गएको अप्रिलमा क्यानमाथि प्रतिबन्ध लगाएको थियो । क्यान प्रतिबन्धमा परेपनि आईसीसीको नियम अनुसार नेपालले अन्तर्राष्ट्रिय खेल भने खेल्न पाउँछ । नेपालले हाल आईसीसीको अन्डरमा रहेर बिश्व क्रिकेट लिग च्याम्पियनसिप खेलिरहेको छ ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २६, २०७३  १७:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC