बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
पूर्वमहामन्त्री गुरुङको प्रथम वार्षिक स्मृतिसभा
KNP nepal
KNP nepal
बाह्रखरी - आइतबार, असोज १६, २०७३
Laxmi Bank
Laxmi Bank

काठमाडौँ, १६ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका तत्कालीन महामन्त्री चन्द्रबहादुर गुरुङको प्रथम वार्षिक स्मृतिसभा सम्पन्न गरिएको छ ।

पार्टीको केन्द्रीय कार्यालय धुम्रबाराहीमा आज आयोजित सभामा पूर्वमहामन्त्री स्व गुरुङले मुलुकको राजनीतिक विकासक्रममा पु¥याएको योगदानको स्मरण गरियो ।

Duber nepal

Agani Group

पार्टीका अध्यक्ष कमल थापाले गुरुङ निष्ठावान् तथा आदर्श राजनीतिज्ञ भएको स्मरण गर्दै गुरूङले देश र जनताको सेवालाई केन्द्रमा राखेर कार्य सम्पादन गरेको बताए ।

उनले मुलुक अहिले अप्ठ्यारो अवस्थामा रहेकाले वैदेशिक हस्तक्षेप बढ्दै गएको छ भन्दै सबै राष्ट्रवादी शक्तिको एकताको खाँचो औँल्याए । पार्टीका उपाध्यक्ष टङ्क ढकाल र निरञ्जन थापाले महामन्त्री गुरुङले सङ्गठन निर्माणमा खेलेको भूमिकाका बारेमा बताउँदै संविधान संशोधनको औचित्य नरहेको प्रष्ट पारे ।

पूर्व सहायकमन्त्री दिनेश श्रेष्ठले मुलुकमा देखापरेका राजनीतिक अस्थिरता र अन्योलताको अन्त्य गर्न महामन्त्री गुरुङको आदर्शलाई पार्टीले अगाडि बढाउनुपर्नेमा जोड दिए ।

रासस

Nepal Investment bank
Nepal Investment bank
आइतबार, असोज १६, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्