बाह्रखरी
भर्खरै
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
नेपाली सेनाले शान्ति प्रक्रियामा खेलेको भूमिकाप्रति प्रधानमन्त्री प्रशन्न
KNP nepal
KNP nepal
बाह्रखरी - आइतबार, असोज १६, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौं । विगतका द्वन्द्वसँग सम्बन्धित विषयमा सेना तानिनु नहुनेमा आफू सचेत रहेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् । आइतबार नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाको निरीक्षणपछि बोल्दै प्रधानमन्त्री दाहालले विगतका द्वन्द्वसँग सम्बन्धित मुद्दामा सेना तानिनु हुँदैन भन्नेमा सरकार सचेत र दृढ रहेको बताएका हुन् । आफै युद्धमा सहभागी भएको व्यक्तिले शान्तिको महत्व अरुको भन्दा बढी बुझेको हुने बताउँदै उनले नेपाली सेनाले नेपालको शान्ति प्रक्रियाका निम्ति देखाएको भूमिकाको सम्मान गरेको बताए । 
प्रधानमन्त्रीले दाहालले विश्व शान्तिका लागि नेपाली सेनाले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । उनले विश्व शान्तिका लागि नेपाली सेनाले खेलेको भूमिका उच्च रहेको बताए । उनले भने, “नेपाली सेनाको इमान्दारिता, कर्तव्यनिष्ठता, साहस र बीरताका कारण आज पनि नेपाल विश्वमा उत्तिकै परिचित छ । यसका लागि म तपार्इंहरुलाई विशेष धन्यवाद दिन चाहन्छु ।”
प्रधानमन्त्रीले भूकम्पको उद्धार, राहत र पुनःनिर्माण र राष्ट्रिय गौरवका आयोजनामा नेपाली सेनाले खेलेको भूमिकाको प्रशंसा गर्दै भने, “बिपद् व्यवस्थापन, राष्ट्रिय गौरवका आयोजनाको निर्माण, राष्ट्रिय निकुञ्ज र वातावरण संरक्षणमा सेनाले खेलेको भूमिका निकै महत्वपूर्ण छ । तपाईंहरु ढुक्क हुनुस्, सेना बलियो भए मात्रै राष्ट्रिय सुरक्षा र अखण्डता बलियो हुन्छ भन्नेमा सरकार स्पष्ट छ । तपाईंको मनोबल उच्च राख्न सरकार हरदम तयार छ ।”
कार्यक्रममा प्रधानसेनापति रबिन्द्र क्षेत्रीले नेपाली सेनाले राष्ट्रिय सुरक्षा, राष्ट्रिय गौरवका आयोजना, विश्व शान्तिका लागि खेलेको भूमिका र आगामी रणनीतिका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । 
 
Nepal Investment bank
Nepal Investment bank
आइतबार, असोज १६, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्