site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गन्तव्यहीन यात्रा
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
भूमण्डलीय गाउँमा बसेपछि भौगोलिक सिमाना रहँदैनन् । सूचना प्रविधिको युगमा अब को के गरिरहेछ भन्ने बुझ्न कसैले कटुवाल कराउन पनि पर्दैन । हामी आज त्यो युगमा बाँचिरहेछौं जहाँ संसारको अर्को कुनामा कसले मकै भुट्यो, को भोकै सुत्यो भन्नेसम्मका गतिविधि जान्न सुन्न सकिन्छ । त्यही परिधिमा रहेर र तिनै सूचनाका आधारमा बसेर आजकल म नेपालका सम्बन्धमा लेख्छु र मलाई जन्मभूमिबाट सामाजिकरूपमा टाढा नभएकोमा गर्व पनि छ । हुन पनि
सामाजिक संजालले हामीलाई निकै नजिक तुल्याएको छ र आफ्नै समाजप्रति चिन्तितसमेत बनाएको छ । यो लेख सामाजिक संजालमा गत साता व्याप्त भएका ३वटा घटना र तिनले ल्याएको ज्वारलाई लिपिबद्ध गरिएको छ ।
पहिलो घटना एक जना राष्ट्रसेवकको अकल्पनीय 'अलप' मा केन्द्रित छ । माधवप्रसाद घिमिरे मुख्य सचिव हुँदै गृहमन्त्रीसम्म बने । उनको योगदान, उनको गुण, बैगुनका चर्चा यो लेखको उद्देश्य होइन । उनले हाँकेको त्रिशूलीमा खस्यो र 'बेपत्ता' भयो । यही बेपत्ताले जन्माएका केही  प्रश्नमा पहिले चर्चा गरौँ । परिवारजनले तिनको कुशको प्रतिरूपसमेत दग्ध गरिसके । अब उनलाई दिवंङ्गत भने हुन्छ । तिनको आत्माले चिर शान्ति प्राप्त गरोस् । 
घिमिरे आफू अनन्त यात्रामा निस्किए केही जटिल प्रश्न छाडेर । पहिलो प्रश्न - हाम्रो रुढीग्रस्त समाजले किटेको पितृ श्राद्ध सकेर एकै परिवार एउटै सवारी साधनमा लामो यात्रामा ननिस्कनु भन्ने मान्यतामा वैज्ञानिक कारण पो रहेछ कि? तर, यसको सही उत्तर जटिलमात्र होइन, असम्भव छ । समाजमा विज्ञान चल्छ तर विज्ञानले मात्रै समाज चलाउँछ भन्ने छैन । 
अर्को प्रश्न उनीप्रति लक्षित रह्यो । सवारी चालकलाई तिमी थाक्यौ, कुरिनटारसम्म म हाँक्छु भनेर उनले गाडी आफैँले हाँकेका थिए भन्ने कुरो आयो । उनले सदाशयले नै भनेका होलान् । तर, लामो यात्रामा सवारी चालक थाक्ने, सवार नथाक्ने त कसरी सम्भव छ ? सवारी साधन नै पनि थाकेको हुन्छ । विशेषत: तीव्र गतिमा  सवारी साधन चल्ने  अति व्यस्त राजमार्गमा उनले त्यो सदाशयता देखाउनु के उपयुक्त थियो ? तेस्रो प्रश्न पनि उतिकै महत्त्वपूर्ण छ । साँघुरो सडक, पहाडी बाटो र अत्यधिक दुर्घटना भइरहने क्षेत्रमा बोर्ड टाँगेर आफ्नो कर्तव्य निर्वाह गरेको ठान्ने सम्बन्धित निकाय के यस प्रकरणमा साँच्चै दोष मुक्त छ ? सवारी सचेतनासम्बन्धी हाम्रो राष्ट्रिय नीति के हो ? हामी हेपाहा र हेल्चेक्र्याहा बन्दा ठूला, साहसी र विजेता ठहरिन्छौँ ? 
सबैभन्दा बढी त हरेक दुर्घटनामा अरू कसैको दोष देखाएर 'आफू पानीमाथिको ओभानो' बन्ने हाम्रो सामाजिक चेतना दोषी छ । माधव घिमिरेको साटो कुनै माधे कामी डुबेको भए के यति हल्ला हुन्थ्यो होला र ? तर अर्कातिर कुनै नेता यसरी डुबेका भए  घोप्टेभिर पनि दासढुङ्गा बनाइँदैन थियो होला र ? कटु सत्य पचाउन धौ पर्छ  । यी राई थरका सवारी चालक 'दुर्घटना पश्चातको मनोवैज्ञानिक विचलन' ले लखेटिन्नन् भन्ने कुनै ग्यारेन्टी छ? सधैं पाठ पढ्ने तर ज्ञान नलिने त बन्दै छैन हाम्रो समाज? हल्ला, फतफत, शंका, षड्यन्त्रमात्रै गर्दै र देख्दै गइरहेको त होइन हाम्रो समाज ? आफ्नो स्वार्थको सिमानाभित्र जकडिएर अरू सबैलाई कपुत देख्ने बन्दै गइरहेको त होइन समाज ? चरम स्वार्थी बन्दै गइरहेको त छैन समाज ? लाग्छ, हाम्रो आकाशमा स्वार्थको बादल कति बाक्लो लागेको छ भने चेतनाको घैँटोमा विवेकको घाम कहिल्यै लाग्दैन । लाग्छ, हामी 'प्रोपोगान्डिस्ट' हौँ र फतफत हाम्रो गाण्डीव ।
 
दोस्रो घटना पनि सामाजिक संजालसँगै सम्बद्ध छ । सेवा गर्छु भनेर बने कि बाउको सम्पत्तिले बने, त्यो छुट्याउने जिम्मा सम्बन्धित निकायको हो तर ती जो भिडका अगाडी 'करजोरी' उभिन बाध्य भए, ती 'बगरे' थिएनन्, डाक्टर थिए । तिनको जसरी हुर्मत काडियो त्यो सर्वथा निन्दनीय थियो । त्यस घटनाले पनि केही जटिल प्रश्न तेर्स्यायो - के डाक्टरले जानाजान मान्छे मार्छ ? के कुनै पनि पेसाकर्मीले न्यूनतम पेसागत धर्म पूरा गर्दैन? आफ्नोले धर्ती छोड्दा मतिशून्य होइन्छ होला तर मर्यादा भुल्दै गएको हो हाम्रो समाजले ? के लोकतन्त्र भनेको भिडतन्त्र हो ? हो भन्छ कसैले भने आफैंले आफूलाई धिक्कार्नुबाहेक विकल्प रहेन । विसं २०४६ र २०६२-६३मा सडकमा उत्रेर कुनै पेसाकर्मीको हुर्मत लिने व्यवस्था गरिएछ भनेर पछुताउनुको विकल्पसमेत सकियो । यतिखेर म आफू मरेर पश्चिम पहाडमा अहोरात्र सेवा गरेका डाक्टर चित्र वाग्ले र स्वास्थ्य सेवामा भएका विकृति विरुद्ध ज्यान फाल्ने साहस गरिरहने डा. गोविन्द केसीलाई सम्झिरहेछु । चरिकोटका ती तरुण डाक्टरको कान्तिहीन अनुहारमा चित्र वाग्ले वा गोविन्द केसी बन्ने आभा मरेको पाउँछु । म गलत हुनसक्छु । तर, यथार्थ के हो भने जीवनपर्यन्त ती तन्नेरी चिकित्सकका मानसपटलमा चरिकोट चहर्‍याइरहने छ । तिनको स्वाभिमान कोपरिएको छ । भद्र अनुहार र सामाजिक शिष्टताले बाँधेका कारण लुगलुग कामे पनि ती अब बेतोड भाग्ने छन् । जब ती भाग्छन, न भूगोलका  काँडेतारले तिनलाई रोक्न सकिनेछ, न विमानस्थलका एसयलआरले ठोक्न सकिनेछ । जब स्वाभिमानले कोपर्छ र स्वार्थले मल्हम लगाउँछ । ती हिंसक समाजबाट त्यस्तो समाजमा आश्रय लिन पुग्छन्, जहाँ चोरलाई सुली र साधुलाई चौतारो सम्भव हुन्छ । जहाँ पद्धतिले नियन्त्रण गर्छ, पद्धतिले निर्णय गर्छ र पद्धतिले नै नियमन गर्छ । समाज अनि तिनैलाई भगौडा भन्छ । खाना, नाना र छाना अब आधारभूत आवश्यकता होइनन् । तीभन्दा बढी आवश्यक अब हरेक किसिमका हिंसाबाट मुक्त वातावरण, आफ्नो विवेक प्रयोग गरेर खान पाउने अवस्था, परिवारको सुरक्षा र आत्मसम्मानयुक्त जीवन भइसकेका छन् । नेपाली समाजका अगुवा यो बुझ्न तयार छन्? उसले उसको र अर्काले अर्काको चियो गर्ने, आफ्नो कर्तव्य भुल्ने अरूलाई अधिकारको रबाफ देखाउने प्रथाबाट विरक्त र व्यग्र भएर छातीभरी माटोको माया बोकेर ती बेतोड भाग्ने छन् । कोसँग, कतिन्जेल, केका लागि लडिरहने तिनले ? 
चरिकोटमा जे भयो त्यो ठीक भएन । हाम्रो समाजमा क्षयीकृत हुँदैगएको सहिष्णुता, संवेदनहीनता र हराउँदै गएको अर्काको पेसाप्रतिको सम्मान निन्दनीय छ । यसले हाम्रो समाजलाई अन्त्यहीन गन्तव्यबाहेक कतै पुर्‍याउँदैन ।  लोकतन्त्र अधिकारमात्र होइन, कर्तव्य पनि हो । अधिकार त कर्तव्यको उपज हो । तर, जसले यो बुझाउनुपर्ने हो या त उनलाई फुर्सद छैन या तिनैले यो बुझ्नै बाँकी छ ।
तेस्रो घटना त अझ विस्मयकारी छ । 'जय स्वाभिमान' भनेर चर्चित युवा पत्रकार प्रेम बानियाँको पलायन प्रसंग । नक्कली मजुरहरूबीच सक्कली मजुरले पनि नक्कली नै बन्नुपर्छ, नसके खेद्छन् । माटोको माया नभएर होइन स्वाभिमानले हो बानियाँ विदेशिएका । उनको जय स्वाभिमानले नै उनलाई पलायन हुन प्रेरित गरेको हो । चरिकोट घटनाको आलोकमा उनको पलायनलाई हेर्ने हिम्मत गर्‍यो समाजले ? छैन । नाम छ, तर हरेक कदममा दाम खोज्छ समाज । छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेडी को दर्शन छैन हाम्रो समाजमा ? सम्झिन्छु, आफैँले पढाएको चेलो उसको कुत्सित स्वार्थमा असंलग्न  भन्नासाथ 'तेरो निजी सम्पत्ति पोल्दिन्छु' भन्छ । 'तैंले फुर्ती गरेको होस्' भन्छ ? अनि कतिन्जेल त्यो वा त्यस्तो प्रवृत्तिसँग जुधेर बस्नसक्छ स्वाभिमान ? त्यस्तालाई ठिङ्गुर्‍याउनसमेत कुनै गिरोहको शरणमा पर भन्छ समाज ।  सही छन् प्रदिप गिरी - देश गिरोहले चलाउँछ । जताततै गिरोह छन् । अस्पताल संचालक एक जना भाइ भन्थे - अस्पतालमा कोही मर्नै हुन्न, एकहुल मान्छे आफन्त बनेर आइपुग्छन्, तोडफोड गर्छन् । क्षतिपूर्तिमा बार्गेन गर्छन्, कमिसन लिन्छन्, जान्छन् । ती सबै रोगीका सदाबहार आफन्त हुन् । ती गिरोहबाहेक केही होइनन् ।  देश दल, गुटले नभई गिरोहले चलाउँछ । यो देख्छ समाज ? समाज त्यो देख्दैन । समाज डाक्टरको स्वाभिमानलाई घोचीघोची मार्छ । यो हरेक पेसाजीवीको दैनिकी बनेको छ । अनि प्रेम बानियाँ कसरी अछुतो रहन सक्छन्? उनको पलायनमा मौन रहनै उचित हुन्छ ।
 
नेपाल बिग्रेको नेताले भन्ने धेरै छन् । काम गर्ने वातावरण नै छैन भन्ने पनि उत्तिनै छन् । तर त्यही धुलिमाटीमा खाइखेली हुर्केको, त्यही समाजमा लडिबुडी गरेको र अर्को समाज देखेको नाताले भन्दै छु - नेपाल बिग्रेको ढोंगी र 'प्रोपोगान्डिस्ट' समाजले हो । नेता बनाउने त्यही समाज न हो । काम गर्ने वातावरण नबनाउने पनि त्यही समाज हो । विकसित र व्यवस्थित समाजको मेरुदण्ड कर्म र कर्ममात्रै हो । हल्ला त तिनका आँखामा ठगी हो, लुच्याइँ हो । समाजले केही ठालुको हल्लामा हिजोसम्म राजा दोषी देख्यो, राजा फालिए । अब भारत दोषी देख्दैछन्, भारतलाई खेद्न जाउँ भन्ने चर्को हल्ला सुनिन्छन् । चिल आयो भनेर आकाश तिर हेर्न लगाएर खोरका चल्ला कुदाउने छट्टु स्याल पनि समाजकै उपज हुन् । लोकतन्त्र हल्ला होइन, सल्लाह हो । पद्धतिको निर्माण हो, पद्धति निर्माण गर्छु भन्दै पद्धतिमाथि नै डढेलो सल्काउनेलाई पाता फर्काउने शक्ति समाजमा हुन्छ । समाज तर विभक्त छ । हाम्रो समाजको यही वृत्ति, प्रवृत्ति र क्षयीकृत शक्ति रहिरहनेहो भने हामी ऋणात्मक प्रगतिमा जाने छौं र हामी सबैको ललाट  र प्रारब्धमा अन्त्यहीन गन्तव्य नै लेखिएको हुनेछ । इतिहासमा गर्वले बाँचेको समाज त्यसैगरी बाँचोस् भन्ने कामना अतिशयोक्ति नहोला कि ? भएको पद्धति निरन्तरताको क्रमभंगताले खायो, नवीन पद्धतिको विकासले हरकदममा पल्टा खायो । गगन थापाले ५१ किलोको मालासमेत आफूले भिर्न नपाउन्जेलको गिल्ला हो, आफूले भिर्दा त्यो ठीक हुन्छ भन्छ समाज । सकारात्मक हस्तक्षेप गरे बाँच्ला नत्र हाम्रो समाजको अन्त्यहीन गन्तव्य अवश्यम्भावी छ । रोटी चिल्ला मीठा, कुरा खस्रा !
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १६, २०७३  १३:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC