site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एमाले मुस्ताङमा पुनः गौचन
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
मुस्ताङ । नेकपा एमाले मुस्ताङका अध्यक्षमा पुनः चन्द्रमोहन गौचन निर्वाचित भएका छन् । 
सदरमुकाम जोमसोममा शनिबार सम्पन्न पार्टीको छैटौँ जिल्ला अधिवेशनबाट गौचन दोस्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन् । त्रिचालिस सदस्यीय जिल्ला कमिटीका उपाध्यक्षमा देवबहादुर गुरुङ, सचिवमा आसबहादुर थकाली, सहसचिवमा आसमाया परियार चयन भएका छन् । 
सदस्यमा नवीन भट्टचन, टसी स्याङ्मो गुरुङसेनी, तिलक विक, भूपेन्द्र शेरचन, छाङरिङ्जिन गुरुङ, हेमन्त शेरचन, रामप्रसाद विक, रत्न गोतामे, रत्न विक, दीपसागर थकाली, कुलबहादुर थकाली, विशाल शेरचन, तेजेन्द्र गौचन, नरप्रसाद हिराचन, दीपक लालचन, छेप्तेन गुरुङ, कुङ्गातेन्जिन गुरुङ, खाण्डो गुरुङ लगायत रहनुभएको छ । अधिवेशनले पार्टीको लेखा परिषद्का अध्यक्षमा मीमकुमारी शेरचन, उपाध्यक्षमा सुन्देवी रसाइली र सचिवमा आइतलाल थकालीलाई चयन गरेको छ । 
त्यस्तै जिल्ला निर्वाचन कमिटीका अध्यक्षमा शेरबहादुर गुरुङ, उपाध्यक्षमा सीमा नेपाली र सचिवमा बुद्धिसिंह नेपाली चयन भएको एमालेले जनाएको छ । अधिवेशनको समापन समारोहमा नवनिर्वाचित अध्यक्ष गौचनले एमालेलाई जिल्लामा पहिलो पार्टी बनाउन लागिपर्ने बताए । 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १६, २०७३  १२:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC