site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
भन्छन् - न्याय दिन ढिलो गर्नु न्याय नदिनु हो । नेपालका न्यायिक र अर्धन्यायिक निकायको कार्यसम्पादनको अवस्था हेर्ने हो भने न्याय ढिलाएको घटनाको अनुपात बढी हुन बेर छैन । महोत्तरीका यादव दाजुभाइले पुर्पक्षमै नौ वर्षभन्दा बढी थुनामा बस्नु परेको समाचारले अदालतभित्रको हेलचेक्य्राइँ र संवेदनहीनता स्पष्ट हुन्छ । कर्तव्य ज्यान मुद्दामा थुनामा राखिएका महोत्तरी, सुन्दरपुर—९ का एउटै परिवारका तीन दाजुभाइ कसुरदार ठहर भएर पूरै सजाय दिइएको भए पनि सायद यसभन्दा बढी समय कैदमा बस्नुपर्ने थिएन । निश्चित समय कैदमा बसेपछि अधिकांश मुद्दामा बन्दीहरूको कैद कट्टी जो हुन्छ । यी दाजुभाइका हकमा नेपालको न्याय निदाएको देखियो ।  
अदालतमै त यस्तो अवस्था छ वन, भूमिसुधार, जिल्ला प्रशासनलगायतका अर्धन्यायिक निकायमा त मुद्दा हेर्नेको न्यायिक मनमै सन्देह गर्नुपर्ने थुप्रै कारण हुन्छन् । राजनीतिक विमति वा सत्ताधारीको वक्र दृष्टि परेकै कारण जेलमा बस्नुपरेको उदाहरण अनगिन्ती भेटिन्छन् । त्यसमाथि सार्वजनिक अपराध (कसुर तथा सजाय) ऐनको त झन् बढी नै दुरुपयोग गरिएको देखिन्छ । यही ऐनअन्तर्गत मुद्दा लगाएर थुनामा राख्नै नपर्ने घटनामा समेत प्रशासक वा कुनै सत्ताधारीलाई रिस उठेका खण्डमा थुनामा राख्ने र मुद्दाको निर्णय नै नगरी झ्यालखानामै सडाउने नियतले तारिखमाथि तारिख थप गर्ने गरिन्छ । प्रहरी र स्थानीय प्रशासकको मिलेमतोमा सार्वजनिक अपराधमा त मुद्दै नचलाई पनि केही दिन थुनामा राखिन्छ । यस्ता सबैजसा ज्यादती, अन्याय र अत्याचारका पीडित भने प्रायः निमुखा, गरिब र दुर्गम भेगका जनता हुन्छन् । 
राजनीतिक नेताका निम्ति न्यायका यस्ता विषय उति आकर्षक हुँदैनन् । अपराधीमाथि मुद्दै चलाउन नदिने वा सरकारलाई मुद्दा फिर्ता लिन बाध्य बनाउनेजस्ता कानुन मिचेर पौरख देखाउने विषयमा उनीहरूका लागि प्रिय हुन्छन् । अहिले नै मधेसी मोर्चाका मागमा सरकारले मानवताविरुद्धको जघन्य अपराधमा समेत मुद्दा फिर्ता लिने तयारी गरेको छ । तर महोत्तरी, सुन्दरपुरा - ९ का यादव दाजुभाइजस्ताको विषयमा भने नेताहरू बोलेको कहिल्यै सुनिएको छैन । पुनरावेदन वा सर्वोच्च अदालतका न्यायाधीशहरू कारागार निरीक्षणमा जाने र अन्याय भएको देखिएमा तत्काल न्याय दिने प्रचलन पनि थियो ।  यसरी संस्थागतरूपमै मानव अधिकार हनन हुनुबाट जोगाउनु राष्ट्रिय मानव अधिकार आयोगको पनि दायित्व हो । तर, सबै निकायमा शक्ति र सम्पत्ति हुनेको मात्र पहुँच पुग्दोरहेछ । न्यायालयले त कसुरदारमाथि पनि अन्याय हुन दिनु हुँदैन । यसैले सर्वोच्च अदालतले यस्ता विकृति र हेलचेक्य्राइँ दोहोरिन नदिन संस्थागत प्रयास गर्नुपर्ने देखिन्छ । नेपाल बार एसोसियसनका स्थानीय शाखाहरूले पनि यस्ता विसंगति हटाउन सहयोग गर्न सक्छन् । यादव दाजुभाइलाई यति लामो समय पुर्पक्षमा थुनामा राख्ने काम बदनियत राखेर गरिएको नहुन सक्छ तर उनीहरूको अधिकार हनन हुँदा कसैले पनि उत्तरदायित्व लिनुपर्ने नभएर यस्तो हेलचेक्य्राइँ गरिएको हुनुपर्छ । तर, यस्ता घटना दोहोरिन दिँदा न्याय प्रणालीप्रति नै वितृष्णा उत्पन्न हुन्छ । यसैले सर्वोच्च अदालतले सबै कारागार र अदालतको मुद्दाको लेखापरीक्षण गराएर अनुगमन गर्ने विधि प्रभावकारी बनाउनुपर्ने देखिन्छ ।
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १५, २०७३  २०:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC