site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
संशोधन प्रस्ताव अविलम्ब दर्ता हुनुपर्छ : अध्यक्ष महतो
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
विराटनगर । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधनको प्रस्ताव अविलम्ब संसद्मा दर्ता हुनुपर्ने बताए । 
सद्भावना पार्टीद्वारा आज विराटनगरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले मधेसीको माग पूरा नभएमा छठ पर्वपछि पार्टी आन्दोलनमा जाने स्पष्ट पारे । 
मधेसी मोर्चाले गरेको तीन बुँदे सहमतिको अक्षरसः पालन हुनुपर्नेमा जोड दिँदै उहाँले सो सहमतिअनुसार मधेस आन्दोलनका थप १६ जनालाई सहिद घोषणा गर्नुपर्ने र आन्दोलनका क्रममा पक्राउमा परेका व्यक्तिको मुद्दा फिर्ता हुनुपर्ने उल्लेख गरे । 
मधेसीको वेशभूषा, संस्कृति र पहिचानको लडाँई रहेको भन्दै उनले मधेसीको माग पूरा नभएको अवस्थामा अन्य दलले कुनै बहानामा मधेस आन्दोलन छाडेर गएपनि आफ्नो पार्टीले मधेस आन्दोलन निरन्तर जारी राख्ने उद्घोष गरे। 
सो पार्टीका वरिष्ठ नेता बद्री मण्डलले मधेसवादी नेताले के गरिरहेका छन् भन्ने विषयमा मधेसका जनताले नियालेर हेरिरहेको प्रसङ्ग उल्लेख गर्दै मधेसको नारालाई बेचेर खाने नेताबाट सजग हुनुपर्ने आवश्यकता औँल्याए । 
सो पार्टीका जिल्ला अध्यक्ष चन्द्रप्रसाद राजवंशीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यद्वय दिलीप धाडेवाल र राजेन्द्रकुमार गुप्ता लगायतले बोलेका थिए । 
सो अवसरमा तत्कालीन मधेसी जनाधिकार फोरम नेपालका जिल्ला सचिव राधे कामतलगायत ३२ जना सद्भावना पार्टीमा प्रवेश गरेका थिए । रासस
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १५, २०७३  २०:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC