बाह्रखरी
भर्खरै
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
जलस्राेत समितिका सभापतिले शपथ लिए
KNP nepal
KNP nepal
बाह्रखरी - शुक्रबार, असोज १४, २०७३
Laxmi Bank
Laxmi Bank

काठमाडौं । सभामुख ओनसरी घर्तीले  व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिका नवनिर्वाचित सभापति मोहनप्रसाद बराललाई आज पद तथा गोपनीयताको शपथ गराएकी छन् । सभामुखको कार्यकक्ष सिंहदरबारमा सभापति बरालले शपथ लिएक हुन् ।

नेकपा (माओवादी केन्द्र)का सचेतक सीता नेपाली प्रस्तावक र नेकपा (एमाले)का काशीनाथ अधिकारीको समर्थनमा उम्मेदवारी दिएका बराल बिहीबार निर्विरोध सभापति पदमा चयन भएका हुन् ।

Duber nepal

Agani Group

नेपाली कांग्रेसका तर्फबाट सिन्धुली क्षेत्र नं २ बाट  व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्दै आएका सभापति बराल यसअघि अर्थसमितिको  सदस्य थिए । सिन्धुलीको रानीवास स्थायी घर भएका बरालले २०३९ सालबाट राजनीति यात्रा आरम्भ गरेका हुन् । उनले लामो समयसम्म प्राध्यापन गरेका थिए । यसअघि साे समितिको सभापति रहेका  गगनकुमार थापा स्वास्थ्य मन्त्रीभएसँगै सभापति पद रिक्त भएको थियो ।

रासस

Nepal Investment bank
Nepal Investment bank
शुक्रबार, असोज १४, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्