site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्री दाहाललाई बंगलादेश भ्रमणको निम्तो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । बंलगादेशको पार्लियामेन्ट्री स्ट्यान्डिङ कमिटीका सभापति तथा पूर्वपरराष्ट्रमन्त्री डा. दिपु मुनीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बंगलादेश भ्रमणको निम्तो दिएकी छिन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पूर्वमन्त्री मुनीले प्रधानमन्त्री दाहालाई २२ आगामी अक्टोबरमा हुने बंगलादेश अवामी लिगको राष्ट्रिय सम्मेलनमा अतिथिको रूपमा सहभागी हुन निम्तो दिएकी हुन्  ।
भेटमा प्रधानमन्त्री दाहालले नेपाल र बंगलादेशबीचको सम्बन्ध पुरानो र ऐतिहासिक रहेको भन्दै साझा मुद्दा र चुनौतीको मिलेर सामना गर्नुपर्ने धारणा राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपालले राजनीतिक संक्रमणको अन्त्य गरी आर्थिक समृद्धि र विकासको चरणमा प्रवेश गर्न लागेको जानकारी दिँदै दाहालले विकास र साझेदारीका लागि नेपाल र बंगलादेशले मिलेर काम गर्नुपर्ने बताएको सचिवालयले बताएको छ ।
भेटमा पूर्वमन्त्री मुनीले नेपाल र बंगलादेशबीचको सम्बन्ध मैत्रीपूर्ण रहेको बताउँदै आगामी दिनमा दुई देशबीचको सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको प्रमको सचिवालयले उल्लेख गरेको छ ।
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७३  ११:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC