site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रहरी अस्पतालमै नक्कली डाक्टर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नक्कली प्रमाणपत्रधारी डाक्टरलाई पक्राउ गरेर मुद्दा चलाइरहेका बेला प्रहरीकै अस्पतालमा काम गर्ने डाक्टर पनि नक्कलीको कारबाहीमा परेका छन् । प्रहरीले आफ्ना अफिसरलाई सिधै कारबाही नगरे पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती डाक्टरलाई पक्राउ गरेर कारबाही सुरु गरेको छ । 
 
नेपाल प्रहरी अस्पतालमा कार्यरत एसएसपी डा. महेशमान प्रधान नक्कली शैक्षिक योग्यताका आधारमा डाक्टर बनेको भन्दै अख्तियारले प्रधानविरुद्ध मुद्दा दायर गरेको छ । प्रधान आईएससीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाएर डाक्टर पढ्न गएको तथ्य खुलेको छ । 
 
प्रधानले आईएससी र बीएससीको शैक्षिक प्रमाणपत्रमा जन्म मितिलगायत विवरण सच्याएर जागिर खाएको भन्दै यसअघि पनि प्रहरी वृत्तमा विरोध हुने गरेको स्रोतले बताएको छ । 
 
प्रधानलाई सीआईबीले कारबाही गर्दा असहज हुने भएका कारण अख्तियारलाई अनुसन्धान गर्न फाइल बुझाइएको नेपाल प्रहरीका एक डीआईजीले बताए । प्रधान २०५९ साल जेठ २० गते डीएसपीबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।
 
प्रहरी प्रवक्ता डीआईजी माधव जोशीका अनुसार अख्तियारले मुद्दा दायर गरेलगतै प्रहरी प्रधान कार्यालयले एसएसपी प्रधानलाई निलम्बन गरेकोे छ । मेडिकल काउन्सिल स्रोतका अनुसार प्रधानमाथि अनुसन्धान गर्न काउन्सिलले नै सीआईबीलाई प्रस्ताव गरेको थियो । सीआईबीले भने प्रधानलाई कारबाही नगरी फाइल अख्तियारको जिम्मा लगाएको थियो । 
 
सीआईबी प्रमुख डीआईजी नवराज सिलवालले भने महेश प्रधानको फाइल सीआईबीले नै अनुसन्धान गरेको बताए । “सीआईबीले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी डाक्टर बनेकाहरूको अनुसन्धान गर्ने तयारी गरिरहेको छ । कसैलाई पनि छाडिँदैन,” सिलवालले भने ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २६, २०७३  १२:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC