बाह्रखरी
भर्खरै
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
एमाले र मधेसवादी दलसँग संवाद गरेर निकास निकाल्छौं : प्रधानमन्त्री
KNP nepal
KNP nepal
बाह्रखरी - बुधबार, असोज १२, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनमा सबै पक्षको सहमति हुने बताएका छन् ।
बुधबार प्रेस सेन्टर नेपाल चितवन शाखाले भरतपूरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले भने, “हामी गम्भीर गृहकार्यमा छौं । राष्ट्रिय संकटको समाधान गर्नु हामी सबैको कर्तव्य हो । संविधान संशोधनमार्फत् राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्न सबै पक्षको सहमति हुन्छ ।” प्रधानमन्त्रीले मन्त्रीपरिषद्ले स्थानीय तह पूनर्संरचनाबारे स्थानीय तह पूनर्संरचना आयोगलाई थप कार्यदेश दिएको जानकारी दिँदै यसले विश्वासको वातावरण वृद्वि गर्ने बताए । प्रधानमन्त्रीले भने “हामी मधेशवादी दल र प्रतिपक्षी दल नेकपा एमालेसँग पनि सम्वादको क्रममा छौं । स्थानीय तहबारे सहमति जुटेको छ, यसले संविधान संशोधन र निर्वाचनमा पनि सहमति जुट्ने वातावरण बनेको छ ।”
प्रधानमन्त्रीले आफ्नो दोस्रो कार्याकालमा चितवनको विकास निर्माणले प्राथमिकता पाउने बताउँदै त्यसका लागि सरकारले ध्यान दिने बताए ।
 
Nepal Investment bank
Nepal Investment bank
बुधबार, असोज १२, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्