site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मेस्सीको समर्थनमा बार्सिलोनाको अभियान - ‘वि आर अल लियो मेस्सी’
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
एजेन्सी
मड्रिड । कर छलीको आरोपमा स्पेनको एक अदालतले जेल सजाय सुनाएको स्टार स्ट्राइकर लियोनल मेस्सीलाई साथ दिन ला लिगा च्याम्पियन बार्सिलोनाले एक अभियान सुरु गरेको छ । स्पेनको अदालतले केहि दिन अघि कर छलीको आरोपमा मेस्सी र उनका बुवालाई २१ महिनाको जेल सजाय सुनाएपछि बार्सिलोनाले त्यस विरुद्ध अभियान सुरु गरेको हो ।
सन् २००७ देखि २००९ को बिचमा करिब ४१ लाख युरो कर छली गरेको आरोपमा अदालतले मेस्सी र उनका बुवालाई २१ महिने जेल सजाय तोकेको थियो । तर, यस फैसलामा मेस्सी र उनका बुवाले स्पेनको सर्वोच्च अदालतमा अपिल गर्ने बताइसकेका छन् । र, क्लब बार्सिलोनाले मेस्सी र उनको बुबालाई साथ दिन समर्थकसँग आग्रह गर्दै ‘वि आर अल लियो मेस्सी’ नामक अभियान चलाउने भएको हो ।
बार्सिलोनाले सोसियल साइड ट्वीटर एकाउन्टबाट यस अभियान सुरु गरेको हो । बार्सिलोनाले आफ्नो ट्वीटरमा अभियानबारे लेखेको छ ‘यो समय हामीले हाम्रो सपोर्ट देखाउने समय हो, ‘ह्यासट्याग वि आर अल लियो मेस्सी’ अभियानमा आफ्नो मत राख्नुस ।’
बार्सिलोनाले यो अभियान मार्फत मेस्सीलाई उनी एक्लै छैनन् भन्ने सन्देश दिन अभियान चलाएको बताएको छ । अभियानमा साथ दिन बार्सिलोनाले क्लबका सबै सदस्य, समर्थक, खेलाडी, सहयोगी क्लब, सञ्चार माध्यमलगायतलाइ सहित सबैलाई आग्रह समेत गरेको छ ।
अदालतर्ले  जेल सजाय तोकेपनि स्पेनको कानुन अनुसार मेस्सी र उनको बुबाले जेल भने जानु नपर्ने भएको छ । स्पेनमा फौजदारी अभियोग नलागेको र दुई वर्ष भन्दा कम जेल सजाय भएकोले जेल बस्नु नपर्ने भएको हो । तर, मेस्सीले सजाय बाहिर बसेर पूरा गर्नुपर्ने हुन्छ ।
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २६, २०७३  १०:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC