site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । तराई केन्द्रीत दलहरु आबद्ध मधेसी मोर्चाले तीन बुँदे सहमति कार्यान्वयन गर्न सरकार समक्ष आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बोलाएको बैठकमा मोर्चा आबद्ध दलका नेताहरुले सरकार तीन बुँदे सहमति कार्यान्वयनमा जिम्मेवार नदेखिएको भन्दै तत्काल कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका हुन् । 
बैठकपछि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन विधेयक संसदमा दर्ता नगरेको भन्दै प्रधानमन्त्री समक्ष असन्तुष्टि जनाएका थिए । उनले मधेस आन्दोलनका क्रममा मुद्दा चलाइएका कार्यकर्ताको मुद्दा फिर्ता लिन आग्रह गर्दै पुराना इलाकालाई आधार बनाएर राज्य पुनरसंरचनामा जाने तीन दलको सहमति आफूहरुलाई मान्य नभएको बताए । महतोले बैठकमा सीमांकन, भाषा र राष्ट्रिय सभाको संख्यामा सहमति नभएसम्म मधेसी मोर्चा कुनै पनि चुनावमा सहभानी नहुने स्पष्ट पारेका थिए । 
बैठक पछि पत्रकारहरुसँग फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले दसैं अगाडि संविधान संशोधन विधेयक संसदमा दर्ता हुने सम्भावना नरहेको बताए । 
प्रधानमन्त्री दाहाल राजनीतिक सल्लाहकार चक्रपाँणी चालिसेले एमालेसँग छलफल गरेर मात्रै संविधान संशोधनको प्रक्रिया अगाडि पढाउन सरकारले तयारी रहेको जानकारी दिए । उनले प्रधानमन्त्रीको विफ्रिङपछि मोर्चाका नेताहरु सकारात्मक भएको समेत दाबी गरे । 
बैठकमा मोर्चाका नेता महन्थ ठाकुर, उपेन्द्र यादव तथा महेन्द्रराय यादव भने सहभागी थिएनन् ।    
 
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ११, २०७३  १८:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC