site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सेरेनाले जितिन २२ औ ग्रान्डस्लाम टेनिसको उपाधि
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

एजेन्सी

लण्डन । अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्सले २२ औं पटक ग्रान्डस्लाम टेनिसको उपाधि जितेकी छन् । इंग्ल्यान्डमा शनिबार सम्पन्न विम्बल्डन टेनिसको महिला एकलतर्फको उपाधि जित्दै विश्व नम्बर एक सेरेनाले २२ औ पटक ग्राण्डस्लाम उपाधि जितेकी हुन् ।
विम्बल्डन टेनिसको उपाधिसंगै सेरेनाले जर्मन खेलाडी स्टेफी ग्राफले राखेको सर्वा्धिक २२ औ पटकको उपाधि कीर्तिमान समेत बराबरी गरेकी छिन् । बर्षको एकमात्र घासे मैदानमा हुने विम्बल्डन टेनिसको फाइनलमा चौथो वरीयताकी जर्मन खेलाडी एन्जेलिक केर्बरलाई पराजित गर्दै सेरेनाले किर्तिमान बराबरी गरेकी हुन् ।
उपाधि जित्ने क्रममा सेरेनाले केर्बरलाई ७–५ र ६–३ को सोझो सेटमा पराजित गरिन । ३४ बर्षिय सेरेनाको यो सातौं विम्बल्डन उपाधि समेत हो । सेमिफाइनलमा सेरेनाले रुसकी एलिना भेसनीनालाई पराजित गर्दै फाइनल पुगेकी हुन् । यस्तै दोस्रो सेमिफाइनलमा कर्बरले अमेरिकी भेनस विलियम्सलाइ पराजित गर्दै सेरेनासंगको भेट पक्का गरेकी हन ।
पुरुष एकल तर्फको फाइनलमा भने विश्व नम्बर दुई ब्रिटिस खेलाडी एन्डी मुर्रे र क्यानेडियन खेलाडी मिलोस राओनिक भिड्नेछन् । पुरुष एकलको फाइनल खेल आइतबार हुनेछ  ।
 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २६, २०७३  ०७:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC