बाह्रखरी
भर्खरै
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
कैलाली घटनाका पीडित भन्छन्– गृहमन्त्रीज्यू ! पीडितको आँसुले कुर्सी चिप्लिएला !
KNP nepal
KNP nepal
बाह्रखरी - मंगलबार, असोज ११, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
गृहमन्त्री बिमलेन्द्र निधिज्यू ! तपाईं मधेशको मात्र गृहमन्त्री हैन, देशको गृहमन्त्री हो, तपार्ईं हाम्रो पनि गृहमन्त्री हो । आफ्नो चुनावी क्षेत्रमा बलियो पकड जमाउन पदको गरिमा नभुल्नुहोस् । 
तपाईंलाई पक्कै अवगत होला, कैलाली घटनाको अघिल्लो दिन शान्तिपूर्ण आन्दोलन गर्ने र जुलुस निकाल्ने सहमति भएको थियो । तर, रातारात योजनाबद्ध रूपमा आन्दोलनकारीले हतियार तयार पारे । 
शान्तिपूर्ण निस्किने भनिएको जुलुसको सुरक्षामा जुटेका सुरक्षाकर्मीलाई ताकी–ताकी गोली हानियो । तपाईंले त अहिले गृहमन्त्रीको पद पाउनुभएको छ । यो पद टिकाइराख्न तपाईंलाई पक्कै मन होला । कसैलाई रिझाउन खोज्दा पीडितको आँसुले सराप्ला  ! यो विषयमा विचार पुर्याउनुहोला । 
कैलाली घटनालाई राजनीतिसँग कुनै हालतमा जोड्न मिल्दैन । सुरक्षामा खटिएका सुरक्षाकर्मीको लखेटी–लखेटी हत्या गर्नु र ताकी–ताकी गोली हान्नु राजनीतिमा पर्दैन । त्यो घटना सरासर नियोजित थियो, आपराधिक थियो । 
राजनीति गरेरै तपाईंले गृहमन्त्रीको पद पाउनुभएको हो । राजनीति गर्नुस्, अझै माथि पुग्नुस् तर, राजनीतिका नाममा अपराधीलाई नच्याप्नुहोस् । 
देशमा कानुन छ, विधिको शासन छ । यो तथ्य भुलेर तपाईंको कहिलेसम्म भलो होला र !
अपराधीले उचालेको भरमा कैलाली घटनाका दोषीलाई आममाफी दिने सोच बनाउनुभएको छ भने त्यो सोच त्यागिहाल्नुस् । हामी परिवार गुमाएको पीडामा छौं, झनै पिडा थप्ने काम नगर्नुस् । 
कैलाली घटनाका दोषीउपर लागेको मुद्दा सरकारले फिर्ता गरे हामी चुप लागेर बस्दैनौं । कानुनी लडाइँ लडिरहन्छौं । दोषीलाई कारबाही हुनैपर्छ । हामीले जस्तो पीडा अरुले भोग्नु नपरोस् । 
(कैलाली घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक केशव बाहोराकी श्रीमती शारदा बोहोरासँग टेलिफोनमा गरिएको कुराकानी)  
 
राष्ट्रसेवकको डे«स लगाएको देख्दादेख्दै गोली हान्नेहरू कसरी राजनीतिज्ञ हुन सक्छन् ? सरकारले अरु त के नै गर्न सक्छ र ? दोषीलाई छुटकारा नदेओस् । 
गृहमन्त्रीज्यू ! एक पटक हाम्रो ठाउँमा उभिएर हेर्नुहोस् । अनि तपाईंले आफैं निर्णय गर्नुहुनेछ मेरो श्रीमान्लाई गोली हान्नेलाई कस्तो सजाय दिने भनेर । राजनीतिको आडमा अपराधीलाई काँधमा नबोक्नुस् । प्रहरीलाई ताकी–ताकी गोली हान्ने अपराधीले भोलि तपाईंलाई पनि पुजेर राख्दैनन् । 
तपाईंका पनि छोरी होलान्, बहिनी होलान् । सम्झनुस् त, हामी तपाईंका छोरी–बहिनी भएको भए चार बित्ता उफ्रेर अपराधीलाई कारबाही होस् भन्नुहुन्थ्यो होला । तर, तपाईंलाई कुर्सी प्यारो छ, मलाई श्रीमान् गुमाएको पीडा छ । 
हाम्रा आफन्त फर्केर आउनेछैनन्, यो कुरा हामीलाई थाहा छ । तर, हामीले जस्तो अरुले पीडा खप्न नपरोस् । 
वसन्ती विष्ट (कैलाली घटनामा ज्यान गुमाएका प्रहरी निरीक्षक बलराम विष्टकी श्रीमती)
 
डिल्ली पाण्डेले काठमाडौंबाट टेलिफोनमा गरेको कुुराकानी 
 
Nepal Investment bank
Nepal Investment bank
मंगलबार, असोज ११, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्