site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
काठमाडौं उपत्यकामा बिहान र बेलुका कार्यालय लाग्ने र छुट्ने बेलामा सार्वजनिक यातायातमा साह्रै भिड हुन्छ । यात्रुलाई निकै सास्ती हुनेमात्र हैन समयमा गन्तव्यमा पुग्नै पनि कठिन हुन्छ । लाग्छ, काठमाडौंमा सार्वजनिक सबारी साधनको ठूलो कमी छ । दिउँसो भने तिनै रुटमा यात्रा सहज हुन्छ । त्यतिबेला यात्रु र सवारी साधनको अनुपात मिलेको देखिन्छ ।  विद्यालयहरूलाई दिनहुँ हजारौं गाडीहरू भाडामा दिइने भएकाले यस्तो सास्ती हुने रहेछ । यात्रुको चाप बढ्ने बेलामै सार्वजनिक यातायातका लागि भनेर अनुमति लिएका बस र माइक्रोबस विद्यालयहरूलाई भाडामा दिने गरेकाले काठमाडौं उपत्यकाको सबारी सुविधा सास्तीमा परिणत भएको हुनुपर्छ भन्ने महानगरीय ट्राफिक प्रहरी प्रमुखको ठहर सही देखिन्छ । 
 
काठमाडौं उपत्यकालगायत सार्वजनिक यातायात सञ्चालन भएका धेरै सडकमा व्यवसायीहरूले समिति बनाएर ‘सिन्डिकेट’ चलाइरहेका छन् । यस्ता सिन्डिकेटले यात्रुको हित र सुविधालाई बेवास्ता गरेर व्यवसायीको मात्र स्वार्थ पूरा गर्दैआएका छन् । विशेषगरी सडकमा एकाधिकार कायम गर्न तिनले प्रयोग गर्ने गरेको बलमिचाइँले प्रतिस्पर्धात्मकरूपमा सुविधा र सेवा प्रदान गर्ने व्यवसायीलाई रोक्ने तथा यात्रुलाई सास्ती कटाउने गरेको छ । अर्कातिर, उनीहरू नै यसरी यात्रुको चाप बढी हुने बेलामा रुटका सबारी साधन हजारौंको संख्यामा विद्यालयहरूलाई भाडामा दिएर यात्रुलाई थप सास्ती भोगाउँदा रहेछन् । नाफा हुने भएपछि विद्यालयहरूले आफ्ना सबारी साधनसमेत हटाएर विद्यार्थीलाई विद्यालय ल्याउन र फर्काउन भाडाका गाडीबाट काम चलाउन थालेका छन् । त्यसले एकातिर सडकमा यात्रुको चाप बढी हुने बेलामा सबारी साधन कम हुन्छन् भने तिनै गाडीका कारण अर्कातिर बालबालिकाले थप सास्ती भोग्नुपर्छ । सार्वजनिक यातायातका चालक, सहचालक बालबालिकासँग गर्नुपर्ने व्यवहारका बारेमा अभ्यस्त हुँदैनन् भने बालबालिकालाई बस्नसमेत सार्वजनिक सबारीमा अप्ठेरो हुन्छ । यात्रुको सुविधामा कहिल्यै ध्यान नदिने बानी परेका चालक सहचालकको व्यवहार पनि बालमैत्री हुँदैन । यसैले विद्यालयको नियमित प्रयोगका लागि सार्वजनिक यातायातमा चलाइने गाडी भाडामा लिएर चलाउनु उचित देखिँदैन । 
 
‘माफिया’को रूप लिन पुगेको यातायात सिन्डिकेटसँग सरकारले सधैँ जनताको सुविधा र हितका मूल्यमा समेत सम्झौता गर्ने गरेकाले यस्ता विसंगति बढ्दै गएको हो । अर्कातिर निजी विद्यालय सञ्चालक त झन् शासनका सबै क्षेत्रमा प्रभावशाली देखिन्छन् । यसैले सर्वसाधारण यात्रु र विद्यार्थी बालबालिकाका हितका लागि सार्वजनिक रुटका सबारी साधन विद्यार्थी बोक्न प्रयोग गर्नबाट रोक्न सरकार सजिलै अग्रसर होला भन्ने अपेक्षा त गर्न सकिँदैन तर यस्तो अवस्था सधैँ राख्नु उचित हुँदैन । सरकारको इच्छाशक्ति बलियो हुने हो भने यो समस्या समाधान गर्न उति कठिन पनि छैन । सार्वजनिक रुटमा चलाउने सबारी साधन अन्यत्र चलाउन नदिने र विद्यालयले भाडामा लिने गाडी बालमैत्री हुनै पर्ने नियम हुने हो भने यो समस्या सजिलै समाधान हुनेछ । विद्यालयका गाडी चालक र सहचालकलाई बालबालिकासँग गर्नुपर्ने व्यवहारको तालिम दिएर बालमैत्री बनाउनुपर्छ । अहिलेका सबारी धनीले विद्यालयलाई भाडामा दिने विकल्प रोजे भने नियमित यातायात रुटमा नयाँ ठूला गाडी चलाउन अनुमति र अवसर दिनुपर्छ । अहिलेकै सबारी धनीले चाहेमा सेवा र सुविधा बढाउने गरी उनीहरूलाई नै प्राथमिकता दिनु उचित हुन्छ । नत्र, महानगरपालिका वा सरकारले सार्वजनिक यातायात सेवामा निजी क्षेत्रसँग सहकार्य बढाउँदै जानुपर्ने हुन्छ । सार्वजनिक यातायात सेवाबाट राज्य पूरै पन्छनु जनहितमा हुँदैन ।  तत्कालका लागि विद्यालयलाई दिने कि सार्वजनिक रुटमा चलाउने एउटामात्र रोज्न लगाए पनि केही सुविधा पक्कै हुनेछ र
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २६, २०७३  ०५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC