site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौँ, १० असोज । निर्णय प्रक्रियामा सम्मानजनक सहभागिता नभएको भन्दै नेपाल विद्यार्थी सङ्घमा आज छुट्टाछुट्टै बैठक भएका छन् । भर्खरै भएको निर्वाचनमा अध्यक्ष भएका नैनसिंह महरले नेविसङ्घलाई एकलौटी ढङ्गले सञ्चालन गरेको भन्दै पौडेल समूहका विद्यार्थीको छुट्टै बैठक बसेको हो । पार्टीका पदाधिकारी र केन्द्रीय समितिलाई जानकारी बिना नै अध्यक्ष र महामन्त्रीले एकलौटी ढङ्गले विभिन्न कार्यक्रमको आयोजना गरेको भन्दै आफूहरुको छुट्टै बैठक बसेको उपाध्यक्ष उर्मिला थपलियाले जानकारी दिइन् ।  सङ्घको विधानमा सङ्घको चुनाव लडेका व्यक्तिको पद स्वतः खारेज हुने र तीन महिनाभित्र त्यो जिल्लामा निर्वाचन गराउने व्यवस्था भए पनि अध्यक्षले कार्यवाहक अध्यक्ष तोकेर विधानको उल्लङ्घन गरेको थपलियाले बताइन् । यता नेविसङ्घका महामन्त्री कुन्दनराज काफ्लेले विधानसम्मत ढङ्गले सङ्गठन चल्ने बताए । उनले भने, “लामो समयदेखि अन्योल रहेका नेविसङ्घको भर्खर अधिवेशन भएको छ सबैको भावनालाई समेटेर अगाडि बढ्ने पक्षमा नेतृत्व छ ।” उनले नेविसङ्घ गतिशील बनाउने कुरामा वर्तमान नेतृत्व लागिपरेको बताउँदै कुनै पनि कार्यक्रम गर्दा सङ्गठनमाथि आँच आउने किसिमले गर्न नहुने बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १०, २०७३  २१:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC