खेल
काठमाडौँ । महाबिर क्लबले काठमाडौंमा जारी सहिद स्मारक बी डिभिजन लिग फुटबलमा पहिलो जित हासिल गरेको छ । सोमबार भएको खेलमा नयाँ बस्ती युथ क्लबलाई पराजित गर्दै महाबिरले लिगमा पहिलो जित निकालेको हो ।
सशस्त्र प्रहरीको मैदान हलचोकमा भएको खेलमा महाबिरले नयाँबस्तीलाई ३–२ ले पराजित गरेको हो । नयाँ बस्तीको जितमा विकास गुरुङ, उमेश थापा र सरोज थापाले १–१ गोल गरे । नयाँ बस्तीको विकास राई र रमेश तामाङले १–१ गोल फर्काए ।
जितसँगै रेलिगेसन जोनमा रहेको महाबिरले ४ अंक जोडेको छ । महाबिरले ११ खेलबाट मात्र ४ अंक जोडेको हो । पराजित नयाँ बस्ती १३ अंकसहित लिगको आठौं स्थानमा छ ।
यस्तै हलचोकमा सोमबार भएको पहिलो खेलमा सातदोवाटो युथ क्लबले जित हासिल गरेको छ । सातदोबाटोले मध्यपुर युथ एसोसियसनलाई २–१ ले पराजित गरेको हो ।
सातदोवाटोको जितमा सिन्ककुमार तामाङ र रिपु भुलानले १–१ गोल गरे । मध्यपुरका लागि साजन प्रधानले एक गोल फर्काए । जितसंगै लिगमा १९ अंक जोडेको सातदोवाटो पाचौँ स्थानमा उक्लिएको छ ।
प्रकाशित मिति: सोमबार, असोज १०, २०७३ १८:४४
प्रतिक्रिया दिनुहोस्