विदेश
काठमाण्डौं । बेलायतको प्रमुख विपक्षी दल लेबर पार्टीका नेता जेरेमी कोर्बिनलाई महिला नेतृ एन्जेला इगलले चुनौती दिने भएकी छन् ।
एपीलाई उद्धृत गर्दै हफिङटन पोस्टले शनिवार जनाएअनुसार इगलले सोमवार पत्रकार सम्मेलन गरेर नेतृत्वमा प्रतिस्पर्धा गर्ने घोषणा
गर्नेछिन् ।
हालै भएको जनमतमा बेलायत युरोपेली युनियनबाट बाहिरिने पक्षमा निर्णय भएपछि लेबर नेता कोर्बिनप्रति संसदीय दलका १७२ सदस्यले
अविश्वास प्रकट गरेका थिए । कोर्बिनका पक्षमा ४० सांसदहरूमात्र थिए ।
कोर्बिनले भने आफू निर्वाचित नेता भएकाले नेतृत्वका लागि हुने कुनै पनि चुनौतीको सामना गर्ने तर राजीनामा नगर्ने भनेका छन् ।
प्रकाशित मिति: शनिबार, असार २५, २०७३ १९:१७
प्रतिक्रिया दिनुहोस्