site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

लमजुङ । स्थानीय तह पुनःसंरचनाको विरोध गर्दै आन्दोलन सुरु भएको छ । पुनःसंरचना प्राविधिक समितिले आयोगमा पठाएको प्रस्तावमा असन्तुष्टि जनाउँदै स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन् ।

राइनास नगरपालिकाका नागरिकले आइतबार सदरमुकाम बेसीसहरमा प्रदर्शनसमेत गरेका छन् । नगरपालिकालाई गाउँपालिकामा घटुवा गरिएको भन्दै उनीहरुले सदरमुकाममा विरोध  र्याली निकालेका थिए ।

Agni Group

नगरपालिकालाई गाउँपालिका बनाएर विकासको गति रोक्ने षडयन्त्र भएको उनीहरुको आरोप छ । जिल्लाबाट पठाइएको तीनवटै प्रस्तावमध्ये राइनासलाई एउटामा पनि नगरपालिका नराखिएकाले आन्दोलन गर्नु परेको स्थानीयवासीले बताए । राइनास सेवा समाजको सक्रियतामा आन्दोलन सुरु भएको हो ।

 आन्दोलित स्थानीयवासीले जिल्लास्थित नेपाली काँग्रेस, नेकपा (एमाले), माओवादी केन्द्रमासमेत ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले आफूहरुको मागलाई बेवास्ता गरेमा आन्दोलन थप चर्काउने चेतावनी दिएका छन् । यता पूर्वीभेगका विचौर, इलिमपोखरी र दूधपोखरीका वासिन्दाले पनि गाउँपालिकाको केन्द्र एक दिनको बाटो टाढा गरेको भन्दै असन्तुष्टी जनाएका छन् ।

Global Ime bank

यसैगरी जिल्लाको उत्तरी भागमा पर्ने प्रस्तावित मस्र्याङ्दी गाउँपालिकाका स्थानीयवासी पनि आन्दोलनको तयारीमा छन् । उक्त गाउँपालिकामा साबिकको घनपोखरा टुक्राएको र केन्द्र खुदी नपारिएको भन्दै विरोध गरेका छन् ।  प्राविधिक समितिको प्रस्ताव सार्वजनिक भएलगत्तै सङ्गठित भई उनीहरुले राज्य पुनः संरचना आयोग र स्थानीय विकास मन्त्रालयमा पुगेर ध्यानाकर्षण गराएका छन् । आफ्नो मागको सुनुवाइ नभए विरोधस्वरुप अनशन बस्ने, जिल्लाका पार्टी कार्यालयमा तालाबन्दी गर्ने जस्ता चेतावनी दिएका छन् ।

त्यस्तै पश्चिम लमजुङका बासिन्दाले पनि प्राविधिक समितिको प्रस्तावलाई स्वीकार गरेका छै्रनन् । भोजे, पसगाउँ र गिलुङका बासिन्दाले अपायक स्थानमा केन्द्र निर्धारण गरेको भन्दै पुनः विचार गर्न माग गरेका छन् । माग पूरा नभए आन्दोलनका कार्यक्रम सार्वजनिक गरी विरोध गर्ने चेतावनी दिएका छन् ।

 त्यसैगरी साबिकको चिती गाविसलाई पनि टुक्राएको भन्दै त्यहाँका बासिन्दा आन्दोलित भएका छन् । चितीको अधिकांश भाग बेसीसहर नगरपालिकामा गाभिएको छ भने दुई गाउँलाई नौथरमा गाभिएको छ । उनीहरुले पूरै गाविस बेसीसहरमा मिलाउनुपर्ने वा चितीमा केन्द्र कायम गरी नौथरमा मिलाउनुपर्ने माग गरेका छन् । उनीहरुले प्रस्तावको विरोध गर्दै आन्दोलन गर्ने र सदरमुकाम बेसीसहरमा नाकाबन्दी गर्ने पनि चेतावनी दिएका छन् ।

रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १०, २०७३  १२:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC