site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पुराना इलाकालाई आधार मानेर स्थानीय तहको पुनःसंरचना गर्न तीन दल सहमत
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । स्थानीय तह पूनर्संरचनाबारे छलफल गर्न बसेको प्रमूख तीन दलको बैठकमा स्थानीय तह पूनर्संरचनाबारे सैद्धान्तिक सहमति जुटेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री निवास बालुवाटरमा तीन दलको बैठक बोलाएका थिए । छलफलमा स्थानीय तह पूनर्संरचना आयोगको कामबारे छलफल भएको थियो ।
बैठकले पुराना इलाकाहरुलाई आधार मानेर त्यसको संख्या र सीमा आसपास स्थानीय तह पूनर्संरचना गर्न आयोगलाई आग्रह गर्ने सहमति भएको छ । बैठकका निर्णयबारे जानकारी दिँदै प्रधानमन्त्रीका प्रमूख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले भने,“स्थानीय तह पूनर्संरचना आयोगको काम प्रभावित नहुने गरी विगतका इलाकीय संरचनालाई आधार मानेर स्थानीय तहको संख्या र सीमा निर्धारण गर्ने सैद्धान्तिक सहमति भएको छ । अब सरकारले दलीय सहमति अनुसार आयोगलाई थप निर्देशित गरेर स्थानीय तहको काम टुंगाउनेछ ।”
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल लगायत तीन दलका शीर्ष नेताहरु सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
तस्बिर ः प्रधानमन्त्री  सचिवालय 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ९, २०७३  २१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC