काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले विश्व मुटु दिवस २०१८ को उपलक्ष्यमा बैंकको प्रधान कार्यालय पुतलीसडकमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट वरिष्ठ कार्डियोलोजिस्ट डा. विनय कुमार रौनियारलगायत टिमको सहयोगमा सो स्वास्थ्य शिविर सम्पन्न भएको थियो ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित शिविरमा ईसीजी तथा मुटुसम्बन्धी अन्य स्वास्थ्य परीक्षण पनि गरिएको थियो । ग्राहक, सेयरधनी, कर्मचारीलगाएत सर्वसाधारण गरी उक्त शिविरमा १५० जनाभन्दा बढीको निः शुल्क स्वास्थ्यपरीक्षण गरिएको थियो ।
बैंकले काठमाडौं उपत्यकामा १२ शाखा तथा ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९२ शाखा तथा २ वटा एक्स्टेन्सन काउन्टरका साथै १० वटा शाखारहित बैंकिङ गरी जम्मा १२२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।