site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ओली र दाहालले अझै नसुने केन्द्रीय भेला बोलाउने नेपाल पक्षको चेतावनी 
Ghorahi CementGhorahi Cement

काठमाडौं । विधि र पद्दतिअनुसार पार्टी नचलेको भन्दै नवगठित नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चुलिएको छ ।

माधव नेपाल अफ्रिकी मुलुक घाना गएकाबेला सचिवालयको बैठकले प्रदेश प्रमुख र इन्चार्ज तोकेपछि पार्टी भित्र ‘पोजिसन’ खोजिरहेको माधव नेपाल समूह रुष्ट बनेको छ । नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले यसअघि सचिवालयको बैठकले तय गरेको र आफैँले बनाएको विधि कुल्चिएर आफूनिकटका स्थायी कमिटी सदस्यलाई इन्चार्ज तोकिएको भन्दै रोष प्रकट गरेको हो ।

केन्द्रीय कमिटी सदस्य जगन्नाथ खतिवडाले केन्द्रीय कमिटी एकता हुँदा जुन मापदण्ड तय गरिएको थियो प्रदेश र जिल्लाको हकमा पनि त्यही मापदण्ड लागु हुनुपर्ने बताउँछन् ।

Agni Group

बाह्रखरीसँगको सङ्क्षिप्त कुराकानीमा उनले भने, “हामीले सामान्य कुरा उठाएका हौँ । केन्द्रमा एकता हुँदा एमाले र माओवादी केन्द्रका केन्द्रीय सदस्यको हैसियत तलमाथि पारिएन । त्यही विधि, पद्दतिअनुसार प्रदेश र जिल्ला तहका कमिटी एकता गरौँ ।”

उनले मापदण्ड विपरित गण्डकी प्रदेश र पाँच नम्बर प्रदेशको इन्चार्ज तोकिएको बताउँदै भने, “आफू निकटमा नेतालाई जिम्मेवारी दिन पार्टीको विधि, पद्दति कुल्चने कुरा त आउँदैन नि !”

Global Ime bank

अझै नसुने केन्द्रीय भेला डाक्छौँ !

संयुक्त राष्ट्रसङ्को ७३ महासभाका लागि अमेरिका पुगेका पार्टी अध्यक्ष केपी शर्मा ओली अहिले कोष्टारिका छन् । उनी बुधबार गते नेपाल फर्कंदै छन् । त्यस्तै पत्नीको उपचार फलोअपका लागि सिंगापुर पुगेका अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार नेपाल आउने कार्यक्रम छ ।

तर, दुवै अध्यक्ष नेपाल आएपछि पनि सुनुवाइ नभए केन्द्रीय भेला बोलाउने निष्कर्षमा पुगेका छन्– नेपालनिकट केन्द्रीय नेताहरू ।

दाङ जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य एवम् केन्द्रीय सदस्य मेटमणि चौधरी भन्छन्, “उहाँ (केपी ओली)को ‘रेस्पोन्समा भर पर्छ । उहाँले असन्तुष्टि, गुनासाको सम्बोधन गर्नुभयो, पार्टी विधि र पद्दतिअनुसार चल्यो, सोहीअनुसार कार्यविभाजन भयो भने हामी चुप लाग्छौँ नत्र यो अभियानकै रूपमा अघि बढ्छ ।”

पार्टीभित्र मनोमालिन्यता, स्वेच्छाचारिता बढ्दै गएकाले पनि यस्तो अभियान आवश्यक भएको उनको तर्क छ । 

त्यस्तै तर्क छ– जगन्नाथ खतिवडाको पनि ।

“यो कुनै अमुक नेताको पक्ष, पार्टी अध्यक्षविरुद्धको अभियान होइन, यो पार्टीभित्र विधि, पद्दति बसाल्ने कुराको थालनी हो,” उनी भन्छन् ।

उनले भने, “हामीले हिजो बसालेकै थिति, विधिअनुसार पार्टी चलाउने हो भने एकताले उत्साह जगाउँछ । कसैलाई पनि अन्याय महसुस हुँदैन ।” अहिलेको असन्तुष्टि कुनै समूहप्रतिको आक्रोश र नेतृत्वप्रति परिलक्षित नरहेको स्पष्ट पार्दै दोहोरो मापदण्डको मात्रै विरोध गरेको उनले बताए ।

“पार्टीभित्र अवसरवाद, अराजकता मौलाउँदै गयो । समाजमा भ्रष्टाचार व्याप्त छ । पार्टीभित्र नैतिकता र इमान्दारिताको प्रश्न खडा भएको छ । यसको अन्त्य गर्दैै पार्टीलाई एकढिक्का बनाउनु र एकीकरणलाई सार्थक तुल्याउनु अभियानको उद्देश्य हो,” उनी प्रष्ट पार्छन् ।

व्यक्ति होइन विधि रोजौँ

त्यस्तै उनले व्यक्तिभन्दा विधिलाई नेतृत्व बाँडफाँटको आधार बनाइनुपर्ने तर्क गर्दै मान्छेको अनुहार हेर्दै जाँदा पार्टी–प्रणाली भत्कन थालेको भन्दै चिन्ता व्यक्त गरे । अहिले नेतृत्वविरुद्ध घेराबन्दी र अमुक गुटलाई बलियो बनाउन विधिको कुरा नउठाएको स्पष्ट पार्दै पार्टी एकतालाई सम्मानजनक, हार्दिकतापूर्ण र कार्यकर्ताको मनले स्वीकार्न सक्ने बनाउन पनि यस्तो अभियान आवश्यक परेको उनको जिकिर थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १५, २०७५  १४:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC