राजनीति
धनगढी । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले स्थानीय निकायको पुनःसंरचना बारेमा राजनीतिक सहमति जुटाएर आगामी चैतसम्म ती निकायको निर्वाचन गर्ने तयारीमा सरकार रहेको बताएका छन् ।
मन्त्रालयले आइतबार आयोजना गरेको गरेको प्रदेश नं ७ स्तरीय वार्षिक प्रगति समीक्षा गोष्ठीको उद्घाटन गर्दै उनले भूकम्पपछिको पुनःनिर्माण, संविधान कार्यान्वयन, सुशासन, आर्थिक समृद्धि लगायत विषय सरकारका प्राथमिकताका विषय भएको स्पष्ट पारे ।
दुईदिने गोष्ठीमा प्रदेश नं ७ अन्तर्गतका जिल्लाका स्थानीय विकास अधिकारी तथा उपमहागरपालिका र नगरपालिका कार्यालयका कार्यकारी अधिकृत सहभागी छन् ।
प्रकाशित मिति: आइतबार, असोज ९, २०७३ १३:२०
प्रतिक्रिया दिनुहोस्