site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
माधव नेपालको विरोधले राजनीति तरंगित
Ghorahi CementGhorahi Cement

बिहीवार नेपाल कम्युनिस्ट पार्टीका वरिष्ट नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संघीय संसद्मा आफ्नै पार्टीको सरकारको आलोचना गरेर नयाँ राजनीतिक तरंग ल्याएका छन् । राजनीतिक घटनाक्रम सुस्त भएसँगै विकास र सामाजिक विषयलाई मुख्य समाचार बनाइरहेका नेपाली दैनिक पत्रिकाका लागि नयाँ ‘मसला’ प्राप्त भएको छ । माधव नेपालले सरकारको आलोचना गरेको समाचारलाई नागरिक दैनिक तथा हिमालय टाइम्सले विशेष महत्त्व दिएर प्रकाशित गरे । कान्तिपुरले दुई कोलमको दोस्रो प्रमुख समाचार बनायो भने नयाँ पत्रिकाले नेपाल समूहको समाचारलाई पाँच कोलममा अलि फरक ढंगले प्रकाशित गर्‍यो ।

माधवकुमार नेपाल दलभित्र नैतिकरूपमा अपेक्षाकृत बलियो नेता मानिन्छन् । त्यसैले पनि उनले उठाएको विषयलाई नेपाली दैनिक पत्रिकाले विशेष स्थान दिएका छन् । अहिले जनताले उठाएका सबैजसो विषयमा सरकारसँग प्रश्न गर्दै नेपालले तिनको समाधानको माग गरेका छन् । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या भएको दुई महिना पुग्नलाग्दा समेत सरकारले दोषीमाथि कारबाही गर्न नसकेको विषयसहित महिला हिंसाका विषयमा नेपालले सशक्त ढंगले आवाज उठाए । त्यस्तै भ्रष्टाचार रोक्न सरकार आफैँले भ्रष्टाचार गर्न नहुने भन्दै भ्रष्टाचारीलाई नै महत्त्वपूर्ण पदमा नियुक्ति दिएको विषयमा पनि उनले असन्तोष व्यक्त गरेका छन् । काठमाडौंका मुख्य सडकमध्ये चाबेलदेखि गोकर्णसम्मको सडकको अवस्थाका बारेमा आफूले अनुगमन गर्दासमेत केही नभएको विषयमा पनि नेपालले असन्तोष व्यक्त गरेका छन् । 

नागरिकले नेपालको भनाइ राख्दै लेखेको छ – ‘‘जताततै भ्रष्टाचार व्याप्त छ । नियन्त्रण छ कि छैन, मुद्दा चलेका छन् कि छैनन्, पक्राउ परेका छन् कि छैनन् ?’’ त्यस्तै उनकै भनाइलाई हिमालय टाइम्सले पनि महत्त्व दिँदै प्रकाशित गरेको छ – ‘‘मान्छे हेर्न चाहन्छन् काम । मान्छे हेर्न चाहन्छन् परिणाम । परिणाम दिइसकेपछि बल्ल हाम्रो पनि शिर ठाडो हुने थियो । यो कानले सुन्नुपर्ने थिएन कि जुन जोगी आए पनि कानै चिरेका ।’’

Agni Group

नयाँ पत्रिकाले ‘प्रतिवादमा नेपाल समूह’ शीर्षकमा समाचार प्रकाशित गर्दैै माधव नेपाल समूह प्रदेश एकतासम्बन्धी सचिवालयको निर्णयबाट रुष्ट बनेको संकेत गरेको छ । मौका समातेर प्रधानमन्त्री ओली अमेरिका नजाँदै एकतर्फी निर्णय भएको माधव नेपाल समूहले दाबी गरेको विषयलाई नयाँ पत्रिकाले विशेष महत्त्व दिएको छ । 

कान्तिपुर माधव नेपालको भनाई उद्धृत गर्दै लेख्छ, ‘‘बलात्कार र एसिड आक्रमणका अनेकौं घटना घटिरहेका छन् । देशमा भ्रष्टाचार व्याप्त छ । रोक्ने, नियन्त्रण गर्ने कुनै अंग छ कि छैन ?’’ नेपालले सरकारले राम्रो परिणाम दिए आफ्नो पनि शिर ठाडो हुने कुरा सो अवसरमा नेपालले बताएका थिए । 

Global Ime bank

माधव नेपालले सरकारको विरोध गरेको समाचारलाई राजधानीले  स्थान दिएन भने गोरखापत्रले तेस्रो पृष्ठमा स्थान दियो । अन्नपूर्ण पोस्टले सो समाचारलाई पहिलो पृष्ठको पुछारमा एक कोलममा थन्क्याएको छ । 

पप्पुका पछाडि पत्रकार

दर्जनौं पुल र सडक अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनले नेपाल राष्ट्र बैंकको भवन निर्माणको रु. दुई अर्बभन्दा बढीको ठेक्का पाएको विषयलाई कान्तिपुरले आइतवार महत्त्वका साथ प्रथम पृष्ठमा प्रकाशित गर्‍यो । कान्तिपुरका विमल खतिवडाले लेखेको समाचारमा पप्पु यसअघिदेखि नै ठेक्का ओगट्ने तर समयमा काम नसक्ने कम्पनीका रूपमा बदनाम भएको बताइएको छ । साथै पप्पु कन्स्ट्रक्सनमाथि कारबाहीको तयारी भएको समाचार पनि कान्तिपुरले सो दिन प्रकाशित गरेको थियो । अन्नपुर्ण पोस्टले यो समाचारलाई प्रथम पृष्ठमा सानो प्वाइन्टर बनाएर भित्र प्रकाशित गर्‍यो । 

यो समाचारको फलोअपको रूपमा कान्तिपुरका मकर श्रेष्ठ तथा विमल खतिवडाले सोमवार अर्को समाचार लेखे जसअनुसार सरकारको कामको अनुगमन र मूल्यांकन गरी आवश्यक रायसुझाव दिने संसद्को विकास समितिमा तीनजना ठेकेदार सांसद परेका छन् । सो समाचारअनुसार पप्पु कन्स्ट्रक्नका सञ्चालक हरिनारायण रौनियार, लामा कन्स्ट्रक्सनका जिपछिरिङ लामा तथा हिमदुङ एन्ड ठोकर कंपनीका बहादुरसिंह लामा स्वार्थ बाझिने गरी सो समितिमा बसेका हुन् ।

नागरिकले बुधबारको पत्रिकामा पप्पु कन्स्ट्रक्सनको समाचार प्रकाशित गरेको छ । नागरिकमा रुद्र खड्काले लेखेको समाचारअनुसार सो कंपनीलाई नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित भवन बनाउन दिएको ठेक्काको विषयमा सांसदहरूले विरोध जनाएका छन् । त्यस्तै सोही समाचारमा बक्स सामग्री बनाउँदै नागरिक लेख्छ, पप्पुका संचालकलाई गौरको टिकुलिया नजिकको बकैयामा बनाएको पुल समयमै नसकेको र त्यहाँ डुंगा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको सन्दर्भमा पक्राउ पुर्जी जारी भएको छ । अन्नपूर्ण पोस्टले बुधबारनै ‘बदनाम पप्पुलाई ११ अर्बका काम’ शीर्षकमा मुख्य समाचार बनाउँदै ठेक्का लिँदै, अलपत्र बनाउँदै नयाँ काम पनि उसैले पाउने गरेको समाचार टिप्पणी लेखेको छ । सो कम्पनीले स्थानीय सडकतर्फ २६ वटा पुलको जिम्मा लिएको र त्यसमध्ये १८ वटाको निर्माण सकिनुपर्ने अवधि पूरा भइसकेको तर काम नसकिएको पनि पोस्टले लेखेको छ । हिमालय टाइम्सले पनि बुधबार पप्पुका सञ्चालकलाई पक्राउ पुर्जी शीर्षकमा मुख्य समाचार बनाउँदै बाररम्बार बोलाउँदा पनि उपस्थित नभएपछि पक्रन आदेश दिएको लेखेको छ । 

राष्ट्रकवि घिमिरेको सम्मान 

राष्ट्र कवि माधव घिमिरे यही आइतवार असोज ७ गते १०० वर्ष पुगेका छन् । उनले सय वर्ष पुगेको अवसरमा लेखेको चार हरफ कविता कान्तिपुरले उनको फोटोसहित मुख्य समाचारको स्थानमा प्रकाशित गरेको छ । यो समाचारलाई गोरखापत्रले सोमवारको पत्रिकामा मुख्य स्थान दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी कवि घिमिरेको निवासमा गएर शुभकामना दिएको तस्बिरसहित गोरखापत्रले समाचार प्रकाशित गर्‍यो । हिमालय टाइम्सले अर्का शताब्दी पुरुष सत्य मोहन जोशीले घिमिरेलाई सयौं जन्मोत्सवको शुभकामना दिँदै गरेको तस्बिर प्रकाशित गरेको छ । जोशी आगामी वैशाखमा सय वर्ष लाग्दैछन् । अन्नपूर्ण पोस्टले पनि घिमिरे सय वर्ष लागेको समाचारलाई एन्कर बनाएको छ । 

नेकपा भित्र गुटै गुट

सत्तारुढ दल नेकपाभित्र अनेकौं गुट भएको समाचार माधवकुमार नेपालले संसद्मा गरेको सम्बोधन पश्चात सिधै देखिएका छ । यद्यपि, दैनिक पत्रिकाले पहिले पनि यस विषयमा समाचार प्रकाशित गर्दै आएका थिए । 

गत सोमवारको अन्नपूर्ण पोस्टले रामकृष्ण रानाको अत्यन्त स्पष्ट र सुन्दर ग्राफिक्सको मद्दतले नेकपामा कति गुट बनेका छन् भन्ने स्पष्ट पारेको थियो । रामकृष्ण अधिकारीले तयार पारेको समाचारका अनुसार केपी ओलीबाहेक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को एउटा समूह, माधव नेपालको अर्को समूह, वामदेव गौतमको छुट्टै समूह तथा नारायण काजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ को पनि छुट्टाछुट्टै समूह रहेका छन् ।

सो समाचारमा कन समूहभित्र कुन कुन नेता रहेका छन् भन्ने पनि स्पष्ट पारिएको छ । नागरिकले शुक्रवारको मुख्य समाचारभित्र बक्स बनाउँदै नेकपामा गुटैगुट भएको समाचार प्रकाशित गरेको छ । पोस्टले जनाएकै मुख्य नेताहरूको आआफ्नै गुट सतहमै देखिएको नागरिकमा बसन्त खड्काले लेखेका छन् । 
फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १४, २०७५  ०६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC