site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
प्रिन्स दाहाल सेमिफाइनलमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपालका प्रिन्स दाहाल दुवई जुनियर इन्टरनेसनल सिरिजअन्तर्गतको पुरुष यु–१५ तर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । दुवईमा शुक्रबार भएको क्वाटरफाइनलमा आयोजक देश युएईका नवहान नाजिवलाई २–० को सोझो सेटमा पराजित गर्दै सिरिजको अन्तिम चारमा पुग्न सफल भएका हुन् । उनले नाजिवमाथि २१–१०, २१–१३ को सहज जित निकाल्न सफल भए । यसअघि शुक्रबारै भएको प्रि–क्वाटरफाइनलमा युएईंकै धनवान्थ राहभानलाई २१–२, २१–८ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएका थिए । 

उच्च प्रदर्शन गरेका प्रिन्सलाई दुवईंमा बसोबास गर्दै आएका पाल्पाका पूर्व राष्ट्रिय ब्याडमिन्टन खेलाडी सुमन उदयले योनेक्सको नयाँ प्रविधिको र्याकेट प्रदान गरेका छन् । अब प्रिन्सले सेमिफाइनलमा भारतका आयन बोर्चेटियाको सामना गर्नेछन् । 

बुधबारबाट शुरु भएको सिरिज आइतबारसम्म चल्नेछ । सिरिजमा इन्डोनेसिया, भारत, पाकिस्तान, स्वीडेन, इंग्ल्यान्ड, केन्या, इजिप्ट, युएई साउदी अरब, बहराइन, अल्जेरयाका खेलाडीले सहभागिता जनाएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०७५  २१:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC