site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

–रमेश गिरी 


भक्तपुर । साँझ ढल्किँदै जान्छ, रात पर्दै जान्छ । रातको अँध्यारामा घरघर र टोलटोलमा बलेका बिजुली बत्तीको उज्यालो छिचोल्दै महाकाली, देवी, भूत भैरव, ख्यां, कवांलगायत विभिन्न देवीदेवता निस्कन्छन् । मुकुट लगाएका, देवीदेवताको पोशाक लगाएका, हातमा खड्ग लिएका, खुट्टामा घुँघट लगाएका, विभिन्न गहना लगाएका देवीदेवताका स्वरुप धारण गरेका देवगणमा देवताकै शक्ति हुने मानिन्छ जो बाजाका तालसँगै नाच्दै निस्कन्छ । 

मध्यपुरथिमि– ५ र ६ का युवाको सक्रियतामा गठन भएको महाकाली नाच संरक्षण तथा सञ्चालन समितिले ३ सय वर्ष अघिदेखि सञ्चालनमा आएर २५ वर्षदेखि बन्द भएको सो नाच गत वर्षदेखि सञ्चालनमा ल्याएको हो । मध्यपुरथिमि– ५ भूलाखेलस्थित नित्यनाथ मन्दिरबाट शुरु भएको सो नाच शनिबार रातिसम्म सञ्चालन हुने समितिका अध्यक्ष सूर्यमान पिला श्रेष्ठले जानकारी दिए । उनले भने, “पूर्णिमादेखि चार रातसम्म सञ्चालन गरिने यो नाच यस वर्ष पाँच रातसम्म सञ्चालन गरिने भएको छ, अब हरेक वर्ष यो नाच सञ्चालनमा आउँछ, नाच साँझ ६ बजेपछि नित्यनाथलाई समर्पित गर्दै थिमिका टोलटोल, चोकचोकमा टोलटोलमा नचाइने गरिन्छ ।” 

Agni Group

अध्यक्ष श्रेष्ठका अनुसार नित्यनाथ मन्दिरमा पूजा गरेर नाच पहिले समर्पित गरिन्छ । दथुटोल, दिगुटोल, गङ्गछिपा टोल, चपाचो, पोवु टोल, भूलाखेल, वाःननी हुँदै थिमिका विभिन्न टोलको परिक्रमा गरी नाच बालकुमारी पुग्ने गर्छ । 

नाचका गुरु हरिबहादुर कैती श्रेष्ठले आदिमकालदेखि नै देवासुर सङ्ग्राममा आधारित रहेर असुरलाई पराजित गरेपछिको विजयोत्सवका रुपमा सो नाच नौदेखि १३ तालमा तालमा नाचिने गरेको बताए । उनले आफू २०२५ सालमा देवी भएर नाचेको स्मरण गर्दै आफूले नाच सिकेकाले यो नाच जोगाउन सजिलो भएको बताए । “यो नाचमा नचाइने ताल सबैभन्दा पुरानो र अरु नाचसँग नमिल्ने ताल हो, नाचमा महालक्ष्मी एक, सिंह एक, माक९बाँदर० एक, देवी दुई, कवाँं दुई, ख्या (भुत) दुई, भूतभैरव दुई, बेता चार गरी १५ जनाले विभिन्न देवीदेवताका रुपमा नाच्छन् ।” 

Global Ime bank

सो नाचमा महाकालीका रुपमा २३ वर्षीय सुसनदै श्रेष्ठ, देवीका रुपमा १९ वर्षीय सुजनदै श्रेष्ठ, महालक्ष्मीका रुपमा २३ वर्षीय राजुझांग श्रेष्ठ, सिंहका रुपमा २१ वर्षीय सागरन्हुछें श्रेष्ठ, बेटाका रुपमा १७ वर्षीय रसिककाः श्रेष्ठ, १७ वर्षीय सनीश प्रजापति, १६ वर्षीय सञ्जीव तामाङ र १६ वर्षीय विकास रञ्जीतकारले देवगणका रुपमा नाचेका छन् । 

त्यसैगरी भूत भैरवका रुपमा २१ वर्षीय सिजल श्रेष्ठ, १७ वर्षीय कविबोडे श्रेष्ठ, कवांँका रुपमा १५ वर्षीय देवपिला श्रेष्ठ, १२ वर्षीय समीप पला श्रेष्ठ, ख्याः का रुपमा १९ वर्षीय सन्देशहामो श्रेष्ठ, १८ वर्षीय अमेश नकर्मी, माकका रुपमा १० वर्षीय दिलेशध्याकोदुवा श्रेष्ठले देवगणका रुपमा नाच प्रदर्शन गरेका छन् । 

नाच र बाजाका गुरु केशव सुजाखा श्रेष्ठ, सूर्यमानहवा श्रेष्ठ, रत्नकृष्ण सुजकांँ श्रेष्ठ, हरिबहादुर कैती श्रेष्ठ, हीराकाजी लामा श्रेष्ठ, रामसुन्दर वासी श्रेष्ठ, राजकृष्ण दें श्रेष्ठ, लक्ष्मीनारायण ह्याकुदुवा श्रेष्ठ छन् । बाजामा भने मुहाली बजाउनेको अभाव छ । 

बाजाको तालसँगै विभिन्न स्वरुपमा नाचिने सो नाचमा देवी र दानवको युद्धसमेत चित्रण गरिएको छ । लगातार १३ तालमा नाच्दा रात बित्ने गर्छ । गुरु हीराकाजीले परापूर्वकालमा सो नाच नचाउँदा बजेको बाजा र देवीदेवताको स्वरुपले भूत भाग्ने जनविश्वास रहेको बताउँदै देवताका रुपमा नाच्नेमा देवताको शक्ति आउने भएकाले लगातार नाच्न सकिएको बताउँछन् ।  

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नाच संरक्षणका लागि नगरपालिकाले गत वर्ष रु पाँच लाख दिएको र यस वर्ष पनि बजेट छुट्याएको जानकारी दिँदै मध्यपुरथिमिको कलासंस्कृतिको संरक्षणका लागि सक्दो सहयोग गरिने बताए । समितिका अध्यक्ष श्रेष्ठले यस वर्ष नाचका लागि मुकुट, लुगालगायत आवश्यक सामग्री किनिएको बताउँदै नाचमा करीब रु आठ लाख खर्च हुने जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १३, २०७५  ०३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC